आज साउन १५ खीर खाने दिन

लोकखबर
१५ श्रावण २०७७, बिहीबार १०:१५

मकवानपुर । आज साउन १५ अर्थात खीर खाने दिन ।

असार १५ मा दही चिउरा खाएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ ।

विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधिय गुण खानेकुराको रूपमा समेत अर्थ्याउने गरेका छन् ।

मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खिर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ ।

रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राखेर बनाइदा यसमा औषधीय गुण हुने विज्ञहरू बताउँछन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*