रिया चक्रवर्ती फरार, सोधपुछका लागि गएको प्रहरी रित्तै फर्कियो

लोकखबर
१५ श्रावण २०७७, बिहीबार १२:२९

मकवानपुर । सुशान्तसिंह राजपूतका बुबा केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा (एफआईआर) दायर गराएदेखि उनी ‘फरार’ भएकी छन् । बिहार प्रहरीको टोली बुधबार अभिनेत्री रियासँग सोधपुछ गर्न मुम्बईस्थित उनको घरजाँदा घरमा थिइनन् । जसकारण बिहार प्रहरी रित्तै फर्किनुपरेको थियो ।

खबरका अनुसार रिया बिहार प्रहरीको सोधपुछभन्दा अघि अग्रिम जमानतका लागि आफ्नो मुद्दा पेस गर्न चाहन्छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार रियाले बिहार प्रहरीमा दायर भएको मुद्दाको छानबिन गर्न मुम्बई प्रहरीलाई सुम्पिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराइसकेकी छिन् ।

आफूविरुद्ध मुद्दा दायर भएसँगै रियाले बचाउका लागि भारतका सबैभन्दा ठूला वकिल सतिशमाने सिन्देको सहयोग लिइरहेकी छन् । जसले सलमान खानदेखि सञ्जय दत्तको केस हेरिसकेका छन् ।

केके सिंहले रियाविरुद्ध ठगी, आत्महत्या गर्न उत्तेजित गरेको र मानसिक पीडा दिएको भन्दै मंगलबार बिहार प्रहरीमा ६ पानाको उजुरी दर्ता गराएका हुन् ।

रियाविरुद्ध उजुरी दर्ता भएसँगै बलिउड कलाकारदेखि भारतका राजनीतिक विश्लेषकहरूले पनि केके सिंहले राम्रो गरेको र रियालाई सजाय दिनैपर्ने कुरामा जोड दिइरहेका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*