हेटौंडा ५ मा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
मकवानपुर। नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा हेटौंडा-५ मा भएको वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।
वडा स्तरीय युवा क्लब हेटौंडा-५ ले आयोजना गरेको प्रतियोगितामा १८ वडा टिमको सहभागिता रहेको थियो । जसमा दिब्य दुलाल र सागर न्यौपनेको टिम प्रथम भएको छ । उनिहरुले १० हजार रुपैयाँ संगै ट्रफि ,मेडल प्रमाण प्रत्र प्राप्त गरेको हो ।
यसैगरि प्रतियोगितामा विजय सिंह ठकुरी र नरेन्द्र मोक्तानको टिम द्वितीय भएको छ । उनिहरुले ५ हजार रुपैयाँ सहित ट्रफि ,मेडल प्रमाण प्रत्र प्राप्त गरे ।
यसैगरि प्रतियोगितामा राजकुमार राई र खेम राई,गौमत मानम्धर र सुनिल राउतको टिम तृतीय भएको छ । उनिहरुले २ हजार सहित ट्रफि ,मेडल प्रमाण प्रत्र प्राप्त गरे ।
हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा-५ का वडा अध्यक्ष राजेश बाँनियाको विशेष आतिथ्यता रहेको थियो ।











































