दशैं तिहारको अवसरमा हेटौंडामा ‘स्लो स्कुटी रन’
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपालीहरुको चाड पर्व दशैं, तिहार, नेपाल सम्वत् ११४२ तथा छठ पर्वको अवसरमा स्लो स्कुटी रन (महिला) प्रतियोगिता गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले यस्ता कार्यक्रमले महिलाहरुलाई दक्ष बनाउँन सघाउने बताइन् । यस्तै राज्यमन्त्री श्रेष्ठले सवारी दुर्घटना हुनबाट जोगाउन र कुसलतापूर्वक सवारी चलाउँनका लागि सकारात्मक प्रभाव पार्ने बताइन् । यस्ता कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको उनको भनाई छ ।
महिलाको स्लो स्कुटी रन कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल, ४ नम्बर वडा कमिटी हेटौंडाको आयोजनामा भएको हो ।
कार्यक्रममा युवासंघको हेटौंडा ४ नम्बर वडा कमिटीका अध्यक्ष मुकेश भुजेल, उपाध्यक्ष सन्तोष खनाल, सचिव दिपेश केसी लगायतको उपस्थिति थियो ।











































