नेपाली लेखक संघको अध्यक्षमा अनित्य

लोकखबर
२०७८ आश्विन २३, शनिबार १६:२४

मकवानपुर । नेपाली लेखक मकवानपुरको अध्यक्षमा छवि अनित्य चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अनित्यको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा दिपज्योति थापा, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा गंगा सापकोटालाई चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा बबी थापा, सम्प्रस पौडेल, गणेश दर्पण अधिकारी, विनिता महत र अवन्ती बानियाँ रहेका छन् ।No description available.नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली, नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्य, मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमकाबीच संघले चितवनका साहित्यकार डा। एकनारायण पौडेललाई योगमाया विद्यापति स्मृति सम्मान प्रदान गरिएको थियो । नगद ५ हजार राशीको उक्त सम्मान पाउने पौडेल चौथो व्यक्ति हुन् ।

लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि लेखकको भूमिका महत्वपूर्णः बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले मुलुकमा लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि लेखकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाली लेखक संघ मकवानपुरको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता बानियाँले भ्रम र लोभबाट मुक्त भई लेखकहरुले निष्पक्ष ढंगबाट समाजका विभिन्न विषयमाथि समालोचना गर्नुपर्ने बताए । ‘कम्युनिष्टहरु बढी भ्रम र लोभको खेती गर्छन्, उनीहरुले बोलेर कुहिएको पीठो पनि बेचिरहेका छन् । प्रजातान्त्रिक विचारधारा बोकेका लेखकहरुले सत्य र न्यायको पक्षमा लेख्नुपर्छ । राम्रोलाई राम्रो र नराम्रोलाई सच्याउनको लागि सचेत गराउनुपर्दछ ।’ बानियाँले भने ।

उनले विचार र सिद्धान्त भएर मात्र नहुने भन्दै त्यसलाई व्यवहारमा परिवर्तन गरेमा मात्र चाहेको सफलता हासिल गर्न सकिने बताए । प्रजातान्त्रिक समाजवादको पक्षमा लेखकहरुले निरन्तर कलम चलाइरहनको लागि बानियाँले सुझाव दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको