आयुर्वेद उपचार शिविर सम्पन्न
बिदुर-नुवाकोटको तल्लो पिपलटारमा आयुर्वेद उपचार शिविर गरिएको छ । विदुर नपा ५ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आयोजित शिविरमा एकै दिन दुई सय बढीले निःशुल्क उपचार सेवा लिएका छन् ।
निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविरमा सर्वसाधारण बिरामी लाभान्वित भएका छन् । चिकित्सालयमा दुई सय बढीले निःशुल्क उपचार सेवा लिएको चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए । नागरिकको स्वास्थ्य उपचारको अधिकारलाई गाउंमै प्रत्याभूत गराउन शिविर आयोजना गरिएको उनले बताए ।
शिविर विदुर नपा ५ वडा कार्यालय, चिकित्सालयको तथां चाईना अस्पतालको संयुक्त आया्ेजनामा गरिएको हो । शिविरमा आयुर्वेद चिकित्सा पद्धतिबाट बिरामी परीक्षण, औषधि वितरण, पूर्वकर्म सेवा, फिजियोथेरापी सेवा र टिसीएम अन्तर्गतका थेरापीहरु, अकुपञ्चर, अकुप्रेशर, मोक्जिबुशन तथा कपिङ सेवा आदि सेवाहरु प्रदान गरिएको थियो ।











































