राष्ट्रिय महिला फुटवलको खाली दिनमा मैत्रीपुर्ण फुटवल
विदुर–नुवाकोटको वट्टारमा सन्चालित मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खाली भएको दिन शुक्रवार दर्शकहरुको मनोरन्जनका लागि मैत्रीपुर्ण फुटवल खेलाइएको छ । मैत्रीपुर्ण फुटवलमा नुवाकोट ११ र नुवाकोट फुटवल टिमवीच खेल खेलाइएको थियो ।
नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा सन्चालित मैत्रीपुर्ण फुटवलमा नुवाकोट ११ ले नुवाकोटलाई ट्राइवेकरमा तीनका विरद्ध चार गोल गरेको छ । निर्धारित ८० मिनेटमा दुवै टिमवाट गोल नभएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो ।
आकर्षक मैत्रीपुर्ण खेलमा विजेता तथा उपविजेता दुवैलाई शुक्रवारको टिकट विक्रीको रकमवाट शनिवार मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल सकिएपछि पुरस्कार प्रदान गरिने आयोजक तथा नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको आयोजनामा सन्चालन भएको प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद र विदुर नपा संरक्षक रहेको छ । प्रतियोगिता अन्र्तगत शनिवार अपरान्ह दुई विभागिय टिम नेपाल प्रहरी र सशस्त्र प्रहरी फुटवल टिमवीच फाइनल प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा विजेताले नगद पांचलाख ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेताले नगद दुई लाख ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मुख्य आयोजक तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
विभिन्न आठ वटा राष्ट्रिय फुटवल टिमको सहभागिता रहेको उक्त प्रतियोगिता यहि वैशाख १३ गतेदेखि सन्चालन भएको थियो । खेलाडिको पहिचान, खेलको विकास तथा खेल पर्यटनका लागि उक्त प्रतियोगिता सन्चालन गरिएको आयोजकले जनाएको छ ।












































