जुडो कभर्ड हलको निर्माण सुरु

विदुर–नुवाकोटको वेत्रावतिमा जुडो कभर्ड हल निर्माण सुरु भएको छ । कभर्ड हलको शिलान्याससंगै निर्माण कार्य सुरु भएको हो ।
विदुर नगरपालिका–१० मा ’वेत्रावती जुडो कभर्ड हल’को कार्यक्रमकावीच विदुर नपाका मेयर राजन श्रेष्ठ, विकास समितिका अध्यक्ष बिजय गुरुङले शिलान्यास गरे । मेयर श्रेष्ठले विदुर नपाले विविध खेल गतिविधि वढाइरहेको र खेलाडिहरु प्रोत्साहित भइरहेकोसमेत वताए ।
शिलान्यासमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, विदुर १० कां वडाध्यक्ष गणेशकुमार नेपाल, त्रिशूली अस्पताल नुवाकोटका सञ्चालक तथा ब्यबस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलगायतले कभर्ड हलको गुणस्तरियता र प्रभावकारी रुपमा निर्माण गरिनुपर्नेमा जोड दिए । उक्त भवन स्थानीयबासीको पहलमा जापनीज नागरिकहरुको सहयोगमा कुल २० लाख रुपैयाको लगानीमा निर्माण सुरु गरिएको हो ।
यसैवीच, विदुर नगरपालिका वडा नं १० भैँसेमो ’खेल मैदान–उद्यान (पार्क)–पिकनिक स्पट, त्रिशूली नदीमा ’फिसिङ स्पट, रिभर भ्यू’ सहितको बहुउद्येष्यीय संरचनाको निर्माण कार्य भइरहेको छ । सो संरचनाको विदुर नपाका मेयर राजन श्रेष्ठले स्थलगत अवलोकन गरे ।
सार्वजनिक जग्गालाई संघीय सरकारको ५० लाख र विदुर नपाको ’हेभी इक्युमेन्ट’बाट एक महिनासम्म निरन्तरको कार्यमार्फत निर्माण भइरहेको छ । उक्त अवसरमा विदुर १० वडाध्यक्ष गणेशकुमार नेपाल, त्रिशूली अस्पताल नुवाकोटका सञ्चालक तथा ब्यबस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिजय गुरुङलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।