संस्कृत विद्यालयलाई आर्थिक सहयोग

विदेश वसेकाहरुवाट नगद प्रदान
लोकखबर
२४ बैशाख २०८२, बुधबार १८:४४

विदुर–संस्कृत विषयमा पठनपाठन भइरहेको नुवाकोटको एकमात्र सँस्कृत माविलाई आर्थिक सहयोग प्राप्त भएको छ । सो विद्यालयलाई शिक्षाको विकासका लागि विदेशमा वसेका नुवाकोटवासीले आर्थिक सहयोग प्रदान गरेका हुन् ।
विदुर नगरपालिका ५ देवीघाटमा रहेको शहिद जगत प्रकाश जंग शाह सस्कृत माविलाई नुवाकोट–अमेरिका सम्पर्क समितिले आर्थिक सहयोग उपलब्ध गराएको हो । नुवाकोट–अमेरिका सम्पर्क समितिले नुवाकोटको एकमात्र संस्कृत भाषा विद्यालयको रुपमा रहेको उक्त सस्कृत माविलाई एक लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।
सम्पर्क समितिले उपलब्ध गराएको आर्थिक सहयोगले विद्यार्थी र विद्यालयको शैक्षिकलगायतका विभिन्न कार्यमा थप उर्जा र उत्साह थपिएको विद्यालयले जनाएको छ । समितिको उदारता र सहयोगले विद्यालयले सञ्चालन गरेको आवासीय गुरुकुलमा रहेर संस्कृत अध्ययन गर्ने विद्यार्थी र उनीहरुका परिवारजनको भविष्य उन्नयनमा ठूलो प्रभाव पर्ने विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले जानकारी दिइन्् ।
उनले समितिको उक्त सहयोगले विद्यार्थी र विद्यालयको शैक्षिक लगायतका विविध कार्यमा थप उर्जा र उत्साह थपेको र विद्यालयलाई उत्प्रेरणा प्रदान गरेको वताइन् । विद्यालयको शैक्षिक विकासका लागि समितिको योगदानले महत्वपूर्ण भूमिका खेल्ने र विद्यार्थी तथा विद्यालयलाई आफ्नो लक्ष्यमा पुग्न प्रेरित गर्ने हौसला मिलेको विद्यालयले जनाएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *