बिद्यार्थीहरुलाई झोलासहितका न्यानो सामग्री
– एकैपटक तीनसय विद्यार्थीलाई हस्तान्तरण
बिदुर – जाडोयामको सुरुवातसंगै नुवाकोटको बट्टारमा रहेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोलासहित न्यानो कपडालगायतका सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनका लागि उत्साहित भएका छन् ।

बिदुर नगरपालिका २ बट्टारस्थित भीमसेन माविमा अध्ययनरत तीनसय जना विद्यार्थीहरुलाई तरंग नेपालको सहकार्यमा मेरी मलेशियाद्वारा स्कुल व्याग, न्यानो कपडा, टोपी, जुत्तालगायतका सात प्रकारका सामग्री वितरण गरिएको वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए । उनका अनुसार यसवाट विद्यार्थीहरुलाई सहजता भएको छ ।

















































