फुटवलको उपाधि तादीलाई

नगद पुरस्कार थापे
लोकखबर
३० बैशाख २०८२, मंगलवार २१:३९

विदुर–गाउमंै फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको पन्चकन्या गाउंपालिकामा सन्चालित फुटवल प्रतियोगिता समपन्न भएको छ । सो फुटबल प्रतियोगिताको उपाधी तादी २ ले जितेको छ ।
पन्चकन्या गापा ४ को आयोजनामा सम्पन्न वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि तादी गापा २ टिमले जितेको हो । विजेता तादी २ ले नगद ४० हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार थापेको छ ।
पन्चकन्या, दुप्चेश्वर र तादी गापाको विभिन्न वडाबाट ९ वटा टिमले सहभागिता जनाएको प्रतियोगिता २ दिनसम्म पर्यटकीय स्थान घ्याङस्वाराको खेल मैदानमा संचालन भएको थियो । विजेता फुटवल टिमलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरीले नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरे ।
उनले यसवाट ग्रामीण भेगमा खेलको समवद्र्धन र संरक्षणका साथै खेलाडिहरुको पहिचानसमेत भएको वताए । समापन कार्यक्रममा पन्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङ रमेश, उपाध्यक्ष विमला पाठक केसी, आयोजक पन्चकन्या ४ का वडाध्यक्ष सन्चवहादुर तामाङलगायतले पुरस्कार प्रदान गरे ।
नुवाकोटको पञ्चकन्या गापा ४ थप्रेकस्थित घ्याङस्वारा खेल मैदानमा दुई दिनसम्म वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको हो । “खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि“ भन्ने मुल नाराको साथ “वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८२“ घ्याङस्वारा ख्ेल मैदानमा सम्पन्न भएको हो ।
पन्चकन्यां. ४ थप्रेकका वडाध्यक्ष सञ्चबहादुर तामाङका अनुसार घ्याङस्वारामा निर्माण गरिएको खेल मैदानमा सो प्तियोगिता गरिएको हो । प्रतियोगितामा प्रथम तादी २ टिमलाई ४० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
वडा कार्यालयको बजेटबाट मौज्दात रहेको डेढ लाख रुपैयाँ खेलाडीहरूको उत्साह र आग्रहअनुसार खेलकुद गतिविधि गरिएको तामाङले वताए । प्रतियोगितामा पञ्चकन्या, तादी र दुप्चेश्वर गापावाट फुटवल टिम सहभागी रहेका थिए ।