वजार अनुगमनमा पसललाई जरिवाना
–अखाद्य वस्तु नष्ट
विदुर–जनगुनासो आएपछि रसुवाको कालिकास्थानमा बजार अनुगमन गरिएको छ । संयुक्त वजार अनुगमन समितिले विभिन्न पसलहरुको स्थलगत अनुगमन गरेको हो ।

संयुक्त बजार अनुगमन टोलीद्वारा कालिका गाउँपालिका २ स्थित कालिकाबजारमा रहेका दैनिक उपभोग्य बस्तु बिक्री वितरण गर्ने पसल, होटेलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा म्याद गुज्रेका खाद्यान्न सामग्री तत्काल जफत गरी नियमानुसार नष्ट गरिएको समितिले जनाएको छ ।

कालिका गाउँपालिकासँगको सहजीकरणमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुुवप्रसाद अधिकारीको नेतृत्वमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि तथा विषयगत शाखाका प्रमुखहरू, सरोकारवाला कार्यालय, जनस्वास्थ्य कार्यालय समेत संलग्न रहेको टोलीले एकैदिन विभिन्न ३१ वटा विभिन्न पसलहरू स्थलगत रुपमा अनुगमन गरेको हो । अनुगमन गरिएकामा ११ वटा खाद्यान्न किराना पसल, नौ वटा होटेल तथा खाजा घर, दुई वटा फार्मेशी, २ वटा एग्रोभेट तथा सात वटा विविध सामग्रीका पसलहरू रहेको थियो ।

अनुगमनका क्रममा ५ वटा खाद्यान्न पसल, होटेल तथा खाजा घर मापदण्ड विपरित रहेको पाईएकोले तत्काल कारवाही गरिएको छ । उनीहरुलाई प्रति पसल जनही पांचहजार रुपैयाका दरले तत्कालै जरिवाना गरिएको केहिलाई सचेत गराइएको अनुगमन टोलीका संयोजक तथा सहायक प्रजिअ ध्रुुवप्रसादअधिकारीले वताए ।












































