मेयर कप क्रिकेटको फाइनलमा ३ र ४ पुगे

–लामिछाने र रिमाल म्यान अफ दि म्याच
लोकखबर
२०८२ असार ६, शुक्रबार २३:३१

विदुर–क्रिकेट खेलको विकास र विस्तारका साथै स्थानीयस्तरवाटै खेलाडिहरुको पहिचानका लागि नुवाकोटको पिपलटारमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सन्चालन भइरहेको छ । प्रतियोगिताको शुक्रवार सम्पन्न सेमिफाइनल खेलवाट विजयी भई प्रतियोगितको उपाधिको लागि विदुर नपा ३ र ४ वडाको टिमवीच प्रतिस्पर्धा तय भएको छ ।
विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको प्रतियोगितामा विदुर नगरपालिकाका ११ ओटा वडाको सहभागिता रहेको थियो ।
टि–२० क्रिकेट प्रतियोगिताको शुक्रवार सम्पन्न  सेमिफाइनलमा विजयी भई विदुर ३ र ४ वीच शनिवार भिडन्त हुने निश्चित भएको हो ।
पहिलो सेमिफाइनलमा विदुर ४ ले विदुर ७ लाई ३ विकेटले पराजित गरि फाईनल यात्रा सुरक्षित गरेको हो । विदुर  ७ लाई ३ विकेटले पराजित गर्दै विदुर ४ उपाधि भिडन्तमा पुगेको हो ।
आकर्षक खेलमा टस जितेर पहिले बलिङ गरेको विदुर ४ ले विदुर ७ लाई एकसय नौ रनमा समेटेको थियो । जवाफमा एकसय १० रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको विदुर ४ ले १८ दशमलव ३ ओभरमा जम्मा ७ विकेटको क्षतिमा सजिलै ११३ रनसहित विजयी भयो ।

विदुर ४ का विकास लामिछानेले २९ रन र हिमन रिमालले २४ रन बनाए । लामिछाने खेलको म्यान अफ दि म्याच भए । बलिङतर्फ विदुर ७ का सुवास भण्डारीले दुई विकेट लिए ।
विदुर ७ का पाण्डप अधिकारीले २० रन बनाए । सुवास भण्डारीले १५, अनुप नेपाल १४ र सौरभ रिमालले १२ रन वनाए ।
बलिङतर्फ विदुर ४ का विकास लामिछानेले ४ विकेट लिए ।
दोश्रो सेमिफाइनलमा विदुर १ लाई विदुर ३ ले १० विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको विदुर १ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सकेको थियो ।

यादव लामिछानेले ३२ र अजेशराज शाक्यले १३ रन बनाए । विदुर १ लाई घर फर्काउन विदुर ३ का दिनेश सुुवेदी, सुरज ओझा र मन्जित थपलियाले दुई/दुई विकेट लिए ।
जवाफमा ८३ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको विदुर ३ ले ६ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा सजिलै विजय लक्ष्य पुरा ग¥यो । विदुर ३ का राजेश रिमालले २१ वलमा ४२ रन बनाए ।
उनी नै म्यान अफ दि म्याच भए । खेलमा पवन राईले ३१ रन वनाए ।
विदुर ३ र ४ वीच फाइनल खेल शनिवार फाइनल खेल शनिबार दिनको १ बजे पिपलटारस्थित खेल मैदानमा हुने आयोजक विदुर नपा खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक विदुर नपाका मेयर राजन श्रेष्ठले वताए । यसवाट खेलाडिहरुको पहिचान, क्षमता विकास र खेल पर्यटनमा वढोत्तरी हुने मेयर श्रेष्ठको भनाई छ ।

 

 


सर्वाधिक रुचाइएको