करेण्ट लागेर वालिकाको ज्यान गयो
बिदुर–नुवाकोटको धमलेमा करेण्ट लागेर एक वालिकाको जयान गएको छ । वालिकाको शव त्रिशूली अस्पतालमा राखिएको छ ।
बेलकोटगढी नगरपालिका १० धमलेमा करेण्ट लागेर ४ वर्षिया वालिका आंचल रानामगरको ज्यान गएको हो । वालिका आंचल रानामगर घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने बिजुलीको प्लकमा छुंदा करेन्ट लागि गम्भिर घाईते भई उपचारको लागि त्रिशूली अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रवार दिउंसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दाङ तुलसीपुर नगरपालिका ७ स्थायी घर भएका विजय रानामगर आफ्ना परिवारसहित स्थानीय शिब अधिकारीको घर रेखदेख र खेतीपाती गर्न बसेकोमा विजयकी नावालिका छोरी आंचलर्कोे बिजुलीको प्लकमा छुदा करेन्ट लागि उपचारका क्रममा त्रिशूली अस्पतालमा ज्यान गएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार करेण्ट लागेर गम्भीर घाईते भई उपचारको लागि त्रिशूली अस्पताल नुवाकोटमा पठाइएकोमा उपचारकै क्रममा दिउँसो मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृत सहितको टोली खटि गई घटनास्थल लाशजाँच प्रकृती मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानको कार्य गरी शव पोष्टमार्टमको लागि त्रिशूली अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप आवस्यक अनुसन्धान कार्य भई रहेको नुवाकोट प्रहरीले जनाएको छ ।











































