महानायकलाई संघको मानार्थ सदस्यता

– अध्यक्षलगायतले प्रदान गरे प्रमाणपत्र
लोकखबर
२०८२ श्रावण १७, शनिबार १६:१८

बिदुर–महानायक राजेश हमाललाई नेपाल चलचित्र कलाकार संघले मानार्थ सदस्यता प्रदान गरेको छ । उनलाई विशेष कार्यक्रमकावीच संघको मानार्थ सदस्यताको प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।
नेपाल चलचित्र कलाकार संघले विद्यानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा ख्याती प्राप्त व्यक्तित्वहरुलाई प्रदान गरिने मानार्थ सदस्यता विशिष्ट चलचित्रकर्मी तथा लोकप्रिय अभिनेता राजेश हमाललाई प्रदान गरेको हो । मानार्थ सदस्यता हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डेलगायतको सहभागिता रहेको थियो ।


संघका अध्यक्ष मोहन निरौलाले विशिष्ट चलचित्रकर्मी तथा लोकप्रिय अभिनेता हमाललाई परिचय पत्र हस्तान्तरण गर्दै लामो समयदेखि नेपाली चलचित्रको विकास तथा विस्तारका लागि राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा पु¥याउनु भएको योगदान, समर्पण र झण्डै चार दशकको साधनाका लागि मानार्थ सदस्यता प्रदान गरिएको बताए । बिशिष्ट चलचित्रकर्मी राजेश हमालले कलाकारको पेशागत उत्थान, नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा संघले गरेको सकारात्मक कार्यको प्रशंसा गर्दै सम्मान स्वरुप मानार्थ सदस्यता प्रदान गरेकोमा संघलाई धन्यवाद व्यक्त गरे ।

नेपाल चलचित्र कलाकार संघमा नेपाली चलचित्रका सक्रिय प्राय सम्पुर्ण कलाकारहरु संघमा आबद्ध रहेको संघका महासचिव सबिन श्रेष्ठले बताए । संघले कलाकारको स्वास्थ्य उपचारका साथै अन्य सामाजिक गतिविधिमासमेत सक्रिय भइरहेको छ ।
गत २०४५ साल भदौ २३ गते कलाकारहरुको हकहित र वर्गीय सुरक्षा तथा नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वद्र्धनका लागि स्थापना भएको नेपाल चलचित्र कलाकार संघ नेपाली चलचित्र कलाकारहरुको एक मात्र छाता संगठन हो । कलाकार संघको स्थापना दिवसको अवसरमा आगामी भदौ २१, २२ र २३ गते बिबिध कार्यक्रम गरी मनाउने तयारी भइरहेको कलाकार संघको अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।


सर्वाधिक रुचाइएको