विपन्न विद्यार्थीहरुलाई पोशाक

– शैक्षिक सामग्रीसहितको झोला प्रदान
लोकखबर
२०८३ असार ३, बुधबार २३:२०

बिदुर– नुवाकोटको वुधसिङस्थित एक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ । एकैघरमा विपन्न विद्यार्थीहरुलाई पोशाकलगायतका शैक्षिक सामग्रीहरु प्रदान गरिएको हो । तारकेश्वर गाउंपालिका ४ वुधसिङस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विपन्न एकैघरका चार जना विद्यार्थीहरुलाई पोशाक, झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो ।

यसवाट विद्यार्थीहरु निकै खुसी भएका छन् । स्थानीय महिला अगुवा सरु अधिकारीढुंगानाको पहलमा सो विद्यालयमा अध्ययनरत विपन्न परिवारका एकैघरका चार जनालाई तारकेश्वगापा नं १ घर भई हाल अमेरिकामा वसोवास गर्दै आएका मुकुन्द घिमिरेको आर्थिक सहयोगमा चारै जना विद्यार्थीहरुलाई एक वर्षलाई पुग्ने कापी, कलम, झोला, जुत्ता, पोशाक प्रदान गरिएको विद्यालयले जनाएको छ । बिद्यालयमा पुगेर शिक्षाप्रेमी घिमिरेका तर्फबाट महिला अगुवा ढुंगानाले विद्यालय पोशाक, झेला, जुत्ता, एक बर्ष दिनलाई पुग्ने कापी, कलमलगायतका शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिन् ।

अन्य बिपन्न बिद्यार्थीहरुलाईसमेत सहयोग गर्ने घिमिरेले वताएका छन् । शिक्षा सवैको पहुंचमा पु¥याउने उद्धेश्यले उक्त सहयोग गरिएको जनाइएको छ ।


सर्वाधिक रुचाइएको