प्रहरीद्वारा युवक पक्राउ

– हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप 
लोकखबर
२०८३ असार ४, बिहीबार १४:५७

बिदुर – नुवाकोटको तुप्चेमा लागू औषध बोकेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले अदालतवाट युवकलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लिएको छ ।    बिदुर नगरपालिका–७ तुप्चेमा लागू औषध बोकेको अभियोगमा प्रहरीले एक ३५ वर्षिय युवकलाई पक्राउ गरेको हो ।

लागू औषध कारोबार भईरहेको जानकारी आएपछि उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले बिदुर नपा–९, जोगीटारका ३५ वर्षिइ एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  उनलाई चेकजाँच गर्ने क्रममा प्लास्टिकको सानो ८ पोकामा अन्दाजी ० दशमलव ४५ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले वताए । उनका अनुसार युवकलाई नुवाकोट अदालतवाट ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएसंगै थप अनुसन्धान भइरहेको छ ।


सर्वाधिक रुचाइएको