प्रशासनिक पुर्नसंरचना आवस्यकः आर्थिक मामिलामन्त्रि तामाङ
बिदुर–बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेशमा प्रशासनिक पुनर्संरचना आवस्यक रहेको वताएका छन् । उनले प्रदेशको समग्र विकासमा लागि खर्च कटौती पनि एउटा माध्यम भएको वताए ।

नुवाकोटको विदुरमा सोमवार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रि तामाङले दिगो विकासका लागि प्रशासनिक पुनर्संरचना, आबश्यकतामा आधारित बिकास योजना कार्यान्वयन र समृद्ध प्रदेश निर्माण गर्नु वागमति प्रदेश सरकारको प्रमुख लक्ष्य रहेको वताए । भौतिक पुर्वाधारलाई रोजगारी र आयआर्जनसंग जोडेर पुर्नसंरचना गरिने मन्त्रि तामाङको भनाई छ ।

मन्त्रि तामाङले स्थानीय तह, वागमति प्रदेश र संघीय सरकारले जति पनि भौतिक पुर्वाधारको कार्य गरिरहेका छन्, त्यसलाई रोजगारी र आयआर्जनसंग जोड्न नसकेका कारण अव वागमति प्रदेश सरकारले रोजगारी र आयमुलक कार्यसंग भौतिक पुर्वाधारलाई जोडिने वताए । उनले एउटै जिल्लामा उस्तै र एकै प्रकृतिका कार्य गर्ने कार्यालय रहेकाले एउटैले गर्ने गरि योजना वनाइनेसमेत वताए ।

भौतिक पुर्वाधारको विकाससंगै रोजगार,ि आयआर्जन, पर्यटन, शिक्षा र स्वास्थ्यलाई अवलम्वन गर्दै अगाडि वढ्ने तयारी भएको मन्त्रि तामाङले वताए । उनले कतिपय कार्यालय हटाएर खर्च कटौतीसमेत गर्ने खुलासा गरेका छन् ।
असिमित चाहना र आवस्यकतालाई सिमित श्रोत र साधनवीच पुरा गर्न नसकिने भएका कारण वित्तिय वयवस्थापनसमेत चुनौतीका रुपमा खडा भएको उनको दावी छ । प्रदेशमा पुर्जी सानो छ । तर, आवस्यकता धेरै छ, यसलाई अव समावेशी रुपमा समाधानगरिने उनको योजना छ ।

उनले आम्दानी र खर्चको सन्तुलनलाई सवै वर्ग, क्षेत्र र लिंगलाई सन्तुलनमा राखेर लैजाने उद्धेश्य रहेको मन्त्रि तामाङले सुनाए । चालु खर्च वर्षेनी वढिरहेको अवस्थामा प्रदेशका कार्यान्वयन इकाइहरुको अव पुर्नसंरचना गरिने पनि वताए ।
विकासको लक्ष्य प्राप्त गर्न, विकासलाई पर्यटनसंग जोड्न र विकासलाई रोजगारीसंग आवद्ध गराउन कृषि र पर्यटनलाई प्राथमिकता दिएर अगाडि वढ्ने लक्ष्य रहेको मन्त्रि तामाङले प्रष्ट पारे । उनले अव वित्तिय वयवस्थापनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने वताए ।

खर्च घटाएर सेवा प्रवाहलाई प्रभावकारी वनाइने, प्रदेश सरकारलाई वजेट वितरण थलोको रुपमा भाष्य सिर्जना भएकोमा त्यसलाई परिवर्तन गरिने वताए । निकट भविष्यमै कानून वनाएर सम्वन्धित क्षेत्रमै पुगेर माग र आवस्यताका वारेमा स्थलगत छलफल गरेर कार्य गरिने उनले वताए ।













































