बाढी पीडितहरुको धर्नासहितको जुलुश
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले तहसनहस पारेको दुई महिना वितिसक्दा पनि पुर्नवासको प्रक्रिया सुरु हुन नसकेको जनाउंदै नुवाकोटमा बाढी पीडितहरु आक्रोशित भएका छन् । उनीहरुले सदरमुकाम बिदुरमा पुर्नस्थापनालगायतको माग गर्दै सोमवार प्रदर्शन गरेका छन् । बाढीले प्रभावित पारेको भोटेकोशी त्रिशूली बाढी पीडित सरोकार समिति नुवाकोटले बाढीबाट विस्थापित पीडितहरुलाई राहत होईन, पुर्नवास हुनुपर्ने मागसहित स.घर्षका कार्यिक्रम सुरु गरेका हुन् ।

सो समितिले विस्थापितको बाच्ने आधारको सुनिश्चिततालगायतका ६ वुंदे सामूहिक माग जुलुश र धर्नासहित विभिन्न कार्यालयमा राखेको छ । बिदुरस्थित इलम प्रशिक्षण केन्द्रवाट निस्केको बाढी पीडितहरुको जुलुशले जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला समन्वय समिति र बिदुर नगरपालिकामा मागसहितको ज्ञापनपत्र वुझाएको छ । सरोकार समितिले विदुरमा शान्तिपूर्ण रुपमा जुलुश र धर्ना गरेकोे थियो । प्रलयकारी बाढीले विध्वंस मच्चाएको सोमवार ६८ दिन वितेको छ । बाढीमा परेर धेरै परिवारका सदस्यहरु, घरबार, खेतबारी गुमाएकाहरुको संख्या धेरै रहेको छ ।

केहि गै्रह सरकारी संस्थाहरुले खाद्यान्न, त्रिपाल दिएको भएपनि सरकारी निकायले ६८ दिनसम्म केहि नगरेको भन्दै पीडितहरु आक्रोशित भएका हुन् । सरकारले प्रति परिवार प्रति महिना भाडा वापत १५ हजार रुपैयाकां दिने भनेपनि अहिलेसम्म नपाएको कतिपयले अझै गुनासो गरिरहेको अवस्थामा पुर्नस्थापनाकै पहल नभएका कारण संघर्ष सुरु गर्नुपरेको समितिका संयोजक सुर्यवहादुर कडेलको भनाई छ । तीनै तहको सरकारलाई दवावमुलक कार्यक्रम संचालन गरेर बाढी पीडितहरुको पुर्नस्थापना गरिने उनले वताए ।

त्रिशूली बाढीपीडित सरोकार समिति र विदुर नगरपालिकाबीच बिदुरमा विशेष अन्र्तक्रियासहितको छलफल गरिएको छ । बाढीपीडितका समस्या, पुनस्र्थापना तथा राहतका विषयमा छलफल गरिएको मेयर राजन श्रेष्ठले वताए । बाढीपीडितका समस्या र पुनस्र्थापनाको सम्वन्धमा विदुर नपा सचेत रहेको वताउैदै यसमा तीनै तहको सरकारले हातेमालो गर्नुपर्ने मेयर श्रेष्ठले वताए । बाढीपीडितका समस्या, राहत तथा पुनस्र्थापनाका विषयमा आफुहरु सकारात्मक रहेको उनले वताए ।

छलफलका क्रममा गत भदौ १० गतेको प्रलयकारी बाढीबाट प्रभावित नागरिकले भोगिरहेका समस्या, राहत वितरण, अस्थायी बसोबास तथा दीर्घकालीन पुनस्र्थापनाका विषयमा छलफल गरिएको र बिदुर नपा क्रियाशील रहेको उपमेयर प्रभा वोगटीको भनाई छ । उनका अनुसार बाढीका कारण घरजग्गा तथा सम्पत्तिमा क्षति पुगेका प्रभावित परिवारको व्यवस्थापन र उनीहरूको सहज जीवनयापनका लागि आवश्यक सहयोगका विषयमा समेत छलफल गरिको हो । बाढीपीडितका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

समितिले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पुगेर प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, बिदुर नपामा पुगेर मेयर राजन श्रेष्ठ, जिल्ला समन्वय समिति पुगेर प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीलाई उक्त मागससहितको ज्ञापन पत्र वुझाएको हो । समितिले बाढी पीडितहरूको पुर्नस्थापना र जीवन यापनमा सहजिकरण, वर्गिकरण र क्षतिपूर्ति, तथ्याङ्क सङ्कलन तथा क्षतिको विवरण, राहत वितरण, विकास निर्माण, ऐतिहासिक, पुराताव्कि महत्वका धरोहरहरूको पुनः निर्माण र पुननिमार्ण प्राधिकरण गठनका सम्वन्धमा मागपत्र वुझाएको हो । ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढी आएको दुई महिना वितिसक्दा पनि उचित न्याय नपाइएको बाढी पीडितहरुले गुनासो गरेका छन् ।

उनीहरुले बिदुरमा भेला गरेका छन् । बाढी पीडितहरुले भोटेकोशी त्रिशूली बाढी पीडित सरोकार समिति गठन गरेर उक्त संघर्षका कार्यक्रमहरु सुरु गरेका हुन् । हालसम्म पीडितहरुले उचित रुपमा न्याय हुन नसकेको जनाउंदै न्यायको लागि एकजुट हुँनुपरेको उनीहरुले गुनासो गरेका छन् । बिदुरमा बाढी पीडितहरुको सामूहिक रुपमा तीनै तहको सरकार समक्ष पुनस्र्थापनासंग सम्न्धित बिषयमा न्याय माग्न आफ्नो माग अगाडि सारेका छन् । गत भदौ १० गते ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटका चार वटा स्थानीय तह प्रभावित पारेको छ ।

दुई महिना अगाडिको उक्त बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा निकै जनधनको क्षति गरेको छ । बाढीले ति स्थानीय तहका २८ सय वढि घरधुरी ध्वस्त पारेको छ । बाढीका कारण नुवाकोटको चार स्थानीय तहभित्रका दुईहजार आठसय ३१ घर ध्वस्त पारेको हो । बाढीले सवैभन्दा वढि क्षति बिदुर नपामा गरेको छ । बाढीले बिदुर नपाभित्र रहेका दुईहजार पांचसय ५४ वटा घरमा क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बढीले बेलकोटगढी नपामा बाढीले एकसय ९५, तारकेश्वर गापामा ४८ र किस्पाङ गापामा ३४ घरमा क्षति पु¥याएको छ ।

बाढीका कारण नुवाकोटमा दुईहजार सातसय २३ जना अझै वेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ । बाढी पीडितहरुले तीनै तहको सरकार तथा सरोकारवाला कार्यालयमा बाढी पीडितको एजेन्डा राख्न सुरु गरेका हुन् । विनासकारी बाढीले नुवाकोटको त्रिशूली नदी तटीय क्षेत्रमा पु¥याएको क्षतीको अवस्था भयाभव भई उक्त बाढीबाट दिवंगत भएकाहरू प्रति हार्दिक श्रदासुमन अर्पण गर्नुका साथै महाप्रलयबाट ज्यान जोगाउन सफल भएका बाढी पिडितहरूको जीवनयापन र दैनिकी दिनानु दिन कष्टकर हुदै गइरहेकोसमेत ध्यानाकर्षण गराएका छन् ।

बाढी प्रभावित क्षेत्रमा बाढी पीडितहरूले व्यहोर्नु परेको कष्ट र समस्याहरूलाई यथाशिघ्र सम्वोधन गरी पीडितहरूलाई आफ्नो पूर्ववर्ति दैनिकीमा फर्काउने कर्तव्य राज्यका तीनवटै तहका सरकारहरूको आ –आफ्नो क्षेत्र अधिकार भित्रको दायित्व पुरा गर्ने सचेत गराइएको समितिका उपसंयोजक अष्टमान डंगोलको भनाई छ । बाढी पीडितहरुले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रका बाढी पीडितका समस्या पहिचान गरी सम्बन्धित पक्षसँग छलफल गर्ने र पुनर्निर्माण तथा पुनर्वासको काम शीघ्र अघि बढाउन सरकारलाई दबाब सिर्जना गर्ने कार्यक्रम सुरु गरेका हुन् । बाढीपछि सरकारले घोषणा गरेका राहत तथा पुनर्निर्माणका काममा ढिलासुस्ती भएको, कतिपय वास्तविक पीडितले अझै राहत पाउन नसकेको तथा दीर्घकालीन रूपमा पुनर्वासको समस्या सबैभन्दा चुनौतीपूर्ण बनेको समितिका अर्का उपसंयोजक सुरेन्द्रराज केसीको भनाई छ ।

उनका अनुसार समितिले प्रभावित क्षेत्रमा पुगेर पीडितका वास्तविक समस्या संकलन गर्ने कार्य गरेको छ । बाढीबाट नुवाकोटको बेत्रावती, त्रिशूली, ढुंगे, तुप्चे, सोले, शान्तिवजार, देवीघाट, महादेवफाँटलगायतका क्षेत्र निकै प्रभावित भएका छन् । बाढीका कारण अधिकांशका घर, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । विनासकारी बाढी गएको दुई महिना वितिसक्दा पनि पुनर्निर्माण र पुनर्वासको काम उचित रुपमा हुन नसकेको पीडितहरूको गुनासो छ । गत भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित विदुर नपाको तुप्चे, बेत्रावती, त्रिशूली, देवीघाट हुँदै बेलकोटगढी नपा, तारकेश्वर र किस्पाङ गापामा ठुला प्रभावित वनाएको छ ।




























































