विद्यार्थीवीच वक्तृत्वकला प्रतियोगिता

–विजेताले नगद पुरस्कार थापे
लोकखबर
२०८२ भाद्र २, सोमबार २२:२३

बिदुर–विद्यार्थीहरुलाई वाककलामा मजवुत वनाउने उद्धेश्यले नुवाकोटको विदुरमा वागमति प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बागमती प्रदेशको आयोजना र प्याब्सन नुवाकोटको सहकार्यमा उक्त प्रतियोगिता सम्पनन भएको हो । विद्यार्थीहरुमाझ उक्त प्रतियोगिता नेपाली र अंग्रेजी दुई छुट्टाछुट्टै माध्यममा गरिएको थियो ।

नेपाली माध्यमतर्फको वक्तृत्वकला प्रतियोगितामा आदर्श विधाश्रम, चितवनकी खुसी बतौला प्रथम भइन् । ब्लुवर्ड एकेडेमी, ललितपुरकी प्रियकां अस्थानामगर द्वितीय भइन् ।

आइरिस एकेडेमी, चितवनका रशिम खरेल तृतीय भए । प्रगति इङ्लिस सेकेण्डरी, सिन्धुपालचोककी युनिका थापा, मेरीगोण्ड सेकेण्डरी, भक्तपुरकी इशाना सिटौला, अर्किड एकेडेमी, नुवाकोटकी सुमिना रिमाल, पृथ्वी सेकेण्डरी, काठमाडौकी आरोही प्याकुरेल र गोकणेश्वर लाइट एकेडेमी, काठमाडौंकी निकिशा थापाले सान्त्वना पुरस्कार पाइन् ।

अंग्रेजी माध्यमतर्फको वक्तृत्वकला प्रतियोगितामा शिक्षालय नेपाल, काठमाडौकी आभनी खनाल प्रथम, सक्सेस एकेडेमी, धादिङकी सूचना अधिकारी द्वितीय र प्रेमियर इन्टरनेसनल आइबि कन्टिनम स्कुल, ललितपुरका आगमन गौतम तृतीय भए । ब्लु बर्ड एकेडेमी, ललितपुरकी राशी श्रेष्ठ, नेपाल मोडेल स्कुल, काठमाडौकी सुभेक्षा तामाङ, अर्किड एकेडेमी, नुवाकोटकी सपना तिमल्सिना, गेटवे एकेडेमी, काठमाडौंकी दिपिका निरौला र नेसनल बेथेल स्कुल, नुवाकोटका रिदम रिमालले सान्त्वना पुरस्कार जिते ।

प्रतियोगितामा विजेता, उपविजेता तथा तृतीय भएकाहरुले क्रमशः १५ हजार, १० हजार र पांच हजार नगद र ट्रफी पुरस्कार पाए । प्रतियोगि तथा विजेता विद्यार्थीहरुलाई कार्यक्रमकावीच जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, विदुर नपाकी उपमेयर प्रभा वोगटी, प्याव्सन वागमतिका अध्यक्ष मुरारीप्रकाश सञ्जेललगायतले प्रतिभाको पहिचान तथा प्रवद्र्धनका लागि यस प्रकारको कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको वताए ।


सर्वाधिक रुचाइएको