करणी गरेको अभियोगमा युवक पक्राउ
बिदुर–किशोरीलाई करणी गरेको अभियोगमा नुवाकोटको मैरीटारका एक युवक पक्राउ परेका छन् । प्रहरीले उनलाई हिरासतमा राख्न अदालतवाट म्याद लिएको छ ।
सदरमकुाम विदुरदेखि २० किलोमिटर दक्षिणमा रहेको विदुर नगरपालिका– ३ मैरीटारका बस्ने ३० वर्षीय बाबुराम माझीलाई करणी गरेको जनाउंदै प्रहरीले पक्राउ गरेको हो । स्थानीय १५ वर्षीया किशोरीलाई माझीले जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरि हिरासतमा राखिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

लामाका अनुसार माझीले ति किशोरीलाई जबरजस्ती करणी गरेको किटानी उजुरीको आधारमा प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनलाई पक्राउ गरेको हो । उक्त घटनाका सम्बन्धमा माझीलाई अनुसन्धानका लागि नुवाकोट जिल्ला अदालतवाट सात दिनको हिरासतमा राख्ने अनुमति लिएर हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपि लामाको भनाई छ ।











































