आन्दोलनमा ज्यान गुमाएकाहरुको स्मृतिमा द्विप प्रज्वलन

– विभिन्न पेशा तथा समुदायका व्यक्तिहरु सहभागी
लोकखबर
२०८२ आश्विन १, बुधबार २२:३२

बिदुर– जेनजी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा वुधवार वेलुकी नुवाकोटको विभिन्न स्थानमा द्विप प्रज्वलन गरिएको छ । स्वस्फुर्त रुपमा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तिहरु द्विप प्रज्वलनमा सहभागी भएका थिए ।

नुवाकोटको विदुर, वट्टार, छहरेलगायतका स्थानमा मौनधारण गरी दिवंगतहरुको स्मृतिमा द्विप प्रज्वलन गरिएको हो ।  जेनजी पुस्ताले देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्ने, निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्नेलगायत माग गर्दै गत भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए ।
उक्त प्रदर्शन नुवाकोटको विदुरलगायतका स्थानमासमेत भएको थियो । आन्दोलनका क्रममा दिवंगत भएकाहरूको सम्झनामा द्विप प्रज्वलन कार्यक्रम गरिएको हो ।
शान्ति, संविधान, प्रेस स्वतन्त्रता, लोकतन्त्र, विकास र समृद्धि तथा भ्रष्टाचारविरुद्धको अभियानमा सधैं साथ, सक्रियता र सहयोग जारी रहेको सहभागीहरुको भनाई छ । उक्त आन्दोलनका क्रममा  नुवाकोटको विदुरमा विरोध ¥याली तथा जुलुशसहित तोडफोड र आगजनीसमेत भएको थियो ।


सर्वाधिक रुचाइएको