प्रसिद्ध दुप्चेश्वरमा एकैदिन हजारौं भक्तजन
बिदुर – पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको करेजुङस्थित प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा वढिरहेको छ । साउन महिनामा साविकको भन्दा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढेका छन् । देवताहरुको पनि देवता भगवान शिवको वासस्थान रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा साउन महिनाका साथै शनिवार, आइतवार तथा अन्य विदाको दिन भक्तजनहरुको विशेष भीड लाग्ने गरेको छ ।

दैनिक रुपमा हजारौं भक्तजनहरु दुप्चेश्वर धाममा पुगिरहेका छन् । दुप्चेश्वर धाममा यहि साउनको तेश्रो शनिवार हजारौं भक्तजनहरुले दुप्चेश्वर धाम पुगेर पुजापाठ तथा दर्शन गरेको दुप्चेश्वर विकास कोषले जनाएको छ । कोषका अनुसार प्रसिद्ध दुप्चेश्वर धाम हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ ।
दुप्चेश्वर गापा ६ करेजुङको पहरामा रहेको दुप्चेश्वर धाममा शनिवार एकैदिन सातहजार भन्दा वढि भक्तजनले एकैदिन दर्शन र पुजाआजा गरेका छन् । पछिल्लो समय दैनिक हजारौं भक्तजनहरु दुप्चेश्वर पुगिरहेका छन् ।

हजारौं भक्तजनहरुले एकैदिन लाखौं रुपैया भेटी चढाउंदै आएका छन् । दुप्चेश्वर धाममा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आगमनमा बढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य पनि वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।

दुप्चेश्वर धाममा छिमेकी मुलुक भारतवाटसमेत तीर्थालु आउने गरेका छन् । मनमोहक स्थल तथा तादी नदीको पुर्वी किनाराको पहाडमा अवस्थित दुप्चेश्वरमा साउनको तेश्रो शनिबार एकैदिन दुई लाख रुपैया वढि भेटी संकलन भएको छ । दुप्चेश्वर धाममा शनिवार दुईलाख २४ हजार दुइसय ९५ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संकलित भेटीमध्ये मन्दिरमा मध्यान्ह आरतीको ८७ हजार तीनसय ७० रुपैया र क्युआर कोडमार्फत ११ हजार पांचसय ९५ रुपैया भेटी संकलन भएको छ । तीन वर्षदेखि दुप्चेश्वर धामवाट भक्तजनहरुले चढाएको भेटी दैनिक संकलन गरि प्रत्येक दिन बेलुका ५ बजे दुप्चेस्वर धाम परिसरमा सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो तीन वर्षदेखि दुप्चेश्वर धाममा भक्तजनको उपस्थिति वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार सक्रियतापुर्वक लागिरहेको छ । दुप्चेश्वर धाममा पछिल्लो समय भक्तजनहरु वढिरहेकोले हजारौं भक्तजनले पुजाआजा गरेका छन् ।

प्रसिद्ध दुप्चेश्वर धाममा आन्तरिक तथा वाह्य भक्तजनहरुको आगमन वढिरहेको दुप्चेश्वर गापा कार्यालयका भुपेन्द्र केसीको भनाई छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा हजारौं भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ । करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव धाममा शनिवार सात हजार वढि भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् । दुप्चेश्वर धाममा दर्शन गर्नेहरुको घुइचो वेलुकासम्म नै लागेको थियो ।

आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाइको दुध तथा पशुचौपायाको दाम्लो चढाउनेसमेत गर्दछन् । दुप्चेश्वरमा भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । यातायात र सुलभ वाटो रहेका कारण नुवाकोटको तीर्थालुहरु वढेर प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाममा धेरै भेटी रकम सङ्कलन भएको हो । प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।













































