आगजनीले ध्वस्त घरमा केसी परिवार

– भावुक हुंदै भने ‘दल विशेषले कसैलाई पनि हेरेको थिइन्’
लोकखबर
२०८२ आश्विन ३, शुक्रबार २०:०२

बिदुर- जेन्जी पुस्ताको आन्दोलनका क्रममा आगजनीले ध्वस्त नुवाकोटका संरचनाहरु कांग्रेस नेताहरुले स्थलगत अवलोकन गरेका छन् । गत भदौ २४ गते दिउंसो विदुरस्थित कांग्रेस र एमाले जिल्ला कार्यालय र पुर्वमन्त्रि अर्जुननरसिह केसीको घरमा आक्रमण, तोडफोड र आगजनी भएको थियो ।
आगजनीपछि पहिलो पटक पुर्वमन्त्रि तथा विघटित प्रतिनिधि सभाका सदस्य अर्जुननरसिह केसीसहितको टोली विदुर पुगेर स्थलगत अवलोकन गरेको छ । केसीका साथमा संविधान सभा सदस्य जदगीश्वरनरसिह केसी, बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री बहादुरसिह लामातामाङ, चिकित्सक संघका पुर्व अध्यक्ष डा. केदारनरसिहं केसीलगायतले काग्रेस र एमाले पार्टी कार्यालय र केसी निवासमा भएको आगजनीपछिको अबस्था स्थलगत अबलोकन गरेका हुन् ।

केसीले विदुरमा ४० वर्ष अगाडि विदुरमा सात रोपनी जग्गा खरिद गरि विदुर आएका समयमा वस्नका लागि घर वनाएका थिए । केसीको पुख्यौली थलो भने दुप्चेश्वर गाउंपालिका ३ राउतवेसी हो ।
आगजनीले ध्वस्त घर हेर्दै केसीले भावुक हुदै भने–घर जलाएपनि हामी जलेका छैनौं, अझै नुवाकोटका जनताका पक्षमा समर्थित हुन्छौं । उनले आफुले कोही कसैलाई पनि ६ दशकको राजनीतिक जीवनमा विचारकै आधारमा कहिले पनि निषेध नगरेको र विचारको विविधधताको कदर गरेको वताए ।

नेता अर्जुननरसिंह केसी परिवारले आफुहरुको घर जलाएपनि आफूहरु नजलेको भन्दै अझै पनि नुवाकोटका जनतामा समर्थित हुने बताएका छन् । आगजनीले ध्वस्त घर आफ्नो मात्र नभई सारा नुवाकोट र रसुवावासीको विचार पोख्ने साझा मन्दिरका रुपमा रहेकोकोमा आक्रमण हुनु दुःखद, निन्दनीय र उदण्डताको पराकाष्टा भएको वताए ।
विदुर नपा ४ विदुरवजारमा रहेको आफ्नो निजी निवासमा शुक्रवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा केसी परिवारकातर्फबाट डा. केदारनरसिंह केसीले घर जलाउनेहरुको यस्ता अपराधिक क्रियाकलाप कहिले पनि सह्य नहुने जनाए । उनले भौतिक सम्पत्तिमा गरिएको आगजनीप्रति तिब्र आक्रोश व्यक्त गर्दै यसले आफूहरु मर्माहत भएपनि कहिले पनि विचलित नहुने वताए ।

नुवाकोटको मात्र नभई नेपालकै राजनीति र समाजसेवामा केसी परिवारले विशेष पहिचान बनाएको अवस्थामा आक्रमण र आगजनी हुनु दुःखद र आफूहरुको घर व्यक्तिगत नभई नुवाकोटका नागरिकको मन्दिर भएको भन्दै घर जल्दा आफूहरु निकै मर्माहित भएको बताए ।
यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष समेत रहेका डा. केसीले यसवाट आफुहरु कत्ति पनि बिचलित नभएको वताए । डा. केसीले आगजनीबाट चतुराले र बिदुर १२ मा स्वास्थ्य शिविर संचालनका लागि राखिएको औषधिहरु समेत जलेको जानकारी दिए ।

काँगे्रस नेता जगदीश्वरनरसिंह केसीले आफ्नो निष्ठाको अबिचलित राजनीति अझ दृढ र दर्बिलो भएको बताए । आफुहरु अझै नुवाकोट र रसुवावासीका साथै देशमै राजनीतिक, सामाजिक जीवनमा क्रियाशील हुने वताए ।
आफ्नी धर्मपत्नी प्रतिमा र भाईहरुसहित जलेको निवास पुगेका काँग्रेस नेता केसीले आगजनीले ध्वस्त घरमा उपस्थित सुभेच्छुकहरुमाझ भने घर जलाईएपनि समाजसेवा प्रेरित आफ्नो राजनीतिको जग कसैले हल्लाउन सक्ने छैन । जेन्जीका मागहरुमा आफ्नो पूर्ण समर्थन रहेको र बिगतमा सधैं पार्टी र संसदमा आफूले गरेको संघर्ष नबुझ्नेहरुको कोपभाजनमा घर परेपनि मन सदैब आफ्ना बिचारमा अडिग रहने केसीको भनाई थियो ।

आगजनीले ध्वस्त आफ्नो निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीले आफूहरुको घर व्यक्तिगत नभई नुवाकोटका नागरिकको मन्दिर भएको भन्दै घर जल्दा आफूहरु निकै मर्माहित भएको बताए । केसीले घर जलाउनेहरुको यस्ता अपराधिक क्रियाकलाप्रति तिब्र आक्रोश व्यक्त गर्दै यसले आफूहरु मर्माहत भएपनि विचलित नहुने प्रष्ट पारे ।

उनले केसी निवास सबैको साझा घर भएको र हरेक नागरिकले भान्सादेखि बेडरुमसम्मै पुगेर आफ्ना कुरा राख्ने थलो भएको स्मरण पनि गराए । उक्त घरबाट भए गरेका सामाजिक तथा राजनीतिक गतिविधिका विषयमा सिंगो परिवारका तर्फबाट केसीले भदौं २४ गते भएको घटनाप्रति पनि विश्लेषण गरेका थिए ।

उनले जेनजी युवाहरुले गरेको आन्दोलनले मुलुकमा नयाँ दिशा पक्रन सफल भएकोमा बधाई समेत दिए । यद्यपि नेता केसीले भदौं २४ गतेको आगजनीलगायतका वयक्तगत सम्पत्तिमाथि आगजनी गर्नेहरुमाथि कारबाही हुनुपर्ने भन्दै सरकारले छानविन गर्ने विश्वास व्यक्त गरे ।

उनले वर्तमान सरकारलाई समर्थन रहेको भन्दै आफ्ना घर जलाउनेहरुलाई आफूहरुले विस्तारै चिन्दै जाने समेत बताएका छन् । पत्रकार सम्मेलनमा पुर्वमन्त्रि अर्जुननरसिंह केसी, संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, डा. केदारनरसिंह केसी, धनन्जयनरसिंह केसीसहित केसी परिवारका सदस्य तथा उनीहरुका शुभचिन्तकहरुको समेत सहभागिातमा भएको पत्रकार सम्मेलनमा सहभागिहरुले केसी परिवारको साझा घरमाथि भएको आगजनीप्रति दुःख प्रकट गरेका थिए ।

पत्रकार सम्मेलनमा नेता केसीले आफूहरुप्रति सहानुभूती प्रकट गर्न आएका पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकप्रति धन्यवाद ज्ञापन समेत गरेका थिए । कांग्रेस नेता अर्जुननरसिंह केसीले आफूले ठुलो बंगला नबनाएको र ध्वस्त घर जिल्लाका सबै नागरिककका लागि दुःखसुख साट्ने थलोको रुपमा लिएको भन्दै घर जलाएको देख्दा आफूलाईसमेत अचम्म लागेको बताए ।

भदौं २४ गतेको आन्दोलनका क्रममा आन्दोलनकारीहरुले केसी निवास तोडफोड गर्दै आगजनी गरेका थिए । नेता केसीसहितको टोलीले शुक्रवार वेलुकी आगजनीले धवस्त विदुरस्थित एमाले पार्टी कार्यालयसमेत पुगेर अवलोकन गरेको छ ।

यसअघि, कांग्रेसले संधिवान दिवसका अवसरमा विदुरस्थित क्षतिग्रस्त पार्टी कार्यालयमा अन्र्तक्रिया कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा पुर्वमन्त्रि अर्जुननरसिंह केसीसहित अर्का केन्द्रीय सदस्य बहादुसिंह लामातामाङलगायतका नेता कार्यकर्ताहरुले आक्रमण र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरि कारवाह िगर्नु पर्ने वताए ।
कांग्रेस नेता केसीले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान खतरामा रहेको भन्दै, यसलाई जोगाउने र संरक्षण गर्ने जिम्मेवारी पनि कांग्रेसकै भएको वताए । मुलुकमा प्रतिगमनकारी शक्तिहरुले संविधानलाई मास्न खोजिरहेको भन्दै यसलाई जोगाउन सबै लाग्नुपर्ने समय आएको बताए ।


कांग्रेस केन्द्रयि सदस्य तथा वागमति प्रदेशका निवर्तमान मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले शान्तिपुर्ण भनिएको जेने–जी आन्दोलनका क्रममा भएको आक्रमणलाई अमानवीय र खेदजनक भन्दै घोर भत्र्सना गरे । उनले दलका नेता र कार्यकर्तामाथि भएको साङ्घातिक आक्रमण सुनियोजित रहेको र यसमा संलग्न संविधान विरोधी तत्वहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

लामाले अगाडि भने, “राजनीतिक व्यवस्थाका सबै अंग र नेताका निजी घर तथा सम्पत्तिमा भएको आगजनी, तोडफोड र विध्वंस गर्ने जो–कोहीमाथि कानुनी कारबाही हुनुपर्दछ । को को छन् दोषी देखिइसकियो, टेक्नोलोजी र कुकुरले कहिल्यै झुटो बोल्दैन जो कोहिले गलत गरेको छ, कानुनी कठघरामा उभिनैपर्नेछ ।

 

 


सर्वाधिक रुचाइएको