बिद्यार्थीहरुवीच पोष्टर प्रतियोगिता
बिदुर– वालवालिकाहरुलाई अतिरिक्त क्रियाकलापवारे जानकारी दिने उद्धेश्यले नुवाकोटको विदुरमा पोष्टर प्रतियोगिता गरिएको छ । विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका २ बट्टारबजार संगमचोकस्थित सुभेनियर बोर्डिङ स्कुलमा विहीवार इन्टरनेशनल पिस पोस्टर प्रतियोगिता गरिएको हो । उक्त प्रतियोगितामा सेम्जो घलान प्रथम भएका छन् ।

साथै स्पन्दन श्रेष्ठ दोस्रो र अभिज्ञा शाक्य तेस्रो भएका छन् । शिक्षा तथा सामाजिक कार्य गरिरहेको लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

उक्त प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका १४ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए । विजेता विद्यार्थीहरुलाई लायन्स ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका फस्ट भाइस गभर्नर सूर्यकुमार केसी, विशेष अतिथी अनुजकुमार श्रेष्ठ, सुभेनियर वोर्डिङ स्कुलका प्रिन्सिपल तारावहादुर कार्की आयोजक लायन्स क्लवका युवराज अमात्य, केशव मिश्र, दामोदर नेपाललगायतले पुरस्कार वितरण गरे ।















































