पन्चेवाजा महिला समूहलाई पोशाक
– चार प्रकारका पोशाकहरु प्रदान
बिदुर– नुवाकोटको सिर्खालीस्थित एक पन्चेबाजा महिला समूहलाई पोशाक उपलव्ध भएको छ । यसवाट महिला समूह उत्साहित भएका छन् ।

बिदुर नगरपालिका ३ सिर्खालीस्थित पन्चेबाजा महिला समूहलाई यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रष्टले एकैपटक चार प्रकारका पोशाकहरु प्रदान गरेको हो । ११ जनालाई वुधवार एक/एक थान चोलो, पछयौंरा, साडी, तथा भित्री कपडा वितरण गरिएको हो ।

पन्चेबाजा महिला समूहलाई ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसी, विदुर नपा ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमाल, सामाजिक अगुवाहरु श्याम ढुंगाना, रमेश अधिकारी, अन्जली पाण्डेलगायतले पोशाक हस्तान्तरण गरेका हुन् । ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले शिक्षा, स्वास्थ्य तथा सामाजिक जागरणमा ट्रष्टले डेढ दशकदेखि विविध सेवा गरिरहेको वताए ।

















































