कारागारमा वन्दीहरुको मानसिक परिक्षण
बिदुर– केन्द्रीय कारागार नुवाकोटमा रहेको कैदीवन्दीहरुको मानसिक समस्याको पहिचानका लागि परिक्षण गरिएको छ । कारागारमै स्वास्थ्यकर्मीहरु पुगेर वन्दीहरुको स्वास्थ्य तथा मानसिक समस्या पहिचानका लागि परिक्षण गरिएको हो ।

विदुर नगरपालिका ६ चण्डीपोखरीमा रहेको केन्द्रीय कारागार नुवाकोटमा त्रिशूली अस्पतालका तीन जना स्वास्थ्यकर्मीहरु पुगेर परिक्षण गरेका हुन् । मानसिक रोग विशेषज्ञ डा. सृष्टि घिमिरे र डा. सन्देश पण्डित सहितको स्वास्थ्य टोलीले ३२ जना वन्दीहरुको स्वास्थ्य तथा मानसिक समस्या पहिचानका लागि परिक्षण गरेको हो ।

टोलीले चार जनालाई मनोसामाजिक विद्यिबाट उपचार गरेको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाको भनाई छ । उनका अनुसार नुवाकोटस्थित केन्द्रीय कारागारका बिरामीहरूलाई कारागारमै पुगेर उपचार तथा परामर्श सेवा प्रदान गरिएको हो ।

उक्त कार्यक्रम मानसिक स्वास्थ्यको पहिचान, सचेतनाका लागि सन्चालन गरिएको केन्द्रीय कारागार कार्यालय नुवाकोटले जनाएको छ । उक्त कार्यक्रम निरन्तर सन्चालन गरिने जनाइएको छ ।













































