सामाजिक सचेतना कार्यक्रम
बिदुर– परिवर्तित समयसंगै नुवाकोटको विभिन्न स्थानहरुमा सामाजिक सचेतना कार्यक्रम सन्चालन गरिएको छ । कार्यक्रमअनर्तसगत शिक्षक, विद्यार्थी तथा सरोकारवालालाई सचेत गराइएको छ ।

पन्चकन्या र दुप्चेश्वर गाउँपालिका अन्तर्गतका विद्यालय नर्स र स्वास्थ्य शिक्षा अध्यापन गर्ने शिक्षकहरुलाई महिनावारी स्वच्छता तथा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरिएको छ । यसवाट महिनावारीको विषयमा अध्यापन तथा जानकारी दिन उनीहरुलाई सहज भएको आयोजकले जनाएको छ ।

साथै दुप्चेश्वर गापाको समन्वयमा गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको व्यवस्थापनमा एकीकृत सामुदायिक बिकास परियोजना कार्यक्रम सनचालन भएको छ । कार्यक्रमअन्तर्गत बाल अधिकार, बाल संरक्षण र बालमैत्री स्थानीय शासन सम्बन्धि सरोकारवालाहरुलाई क्षमता अभिबृद्धि सचेतना प्रशिक्षण सम्पन्न भएको छ ।

उता पन्चकन्यामा दुई विद्यालयका विद्यार्थीहरुलाई डिजिटल सुरक्षा, साइबर अपराध र सचेतना सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको छ । इन्द्रायणी माविमा अध्ययनरत कक्षा ८, ९ र १० र नवसन्जिवनी माविमा अध्यनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई डिजिटल सुरक्षा, साइबर अपराध र सचेतना सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको कार्यक्रमको व्यवस्थापन गर्दै आएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।

















































