स्थगित अधिवेसन तय
बिदुर – बर्षातका कारण स्थगित भएको काग्रेस नुवाकोटको विभिन्न अधिवेसनको नयां मिति तय भएको छ । नेपाली कांग्रेस नुवाकोटले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थगित पालिका तथा क्षेत्रीय अधिवेशनको नयाँ मिति तय गरेको हो । वर्षातका कारण मौसम अनुकूल नभएका कारण यसअघि स्थगित गरिएको अधिवेशन मौसम अनुकूल हुँदै गएको र अधिवेशन गर्न सकिने अवस्था बनेपछि नयाँ मिति तोकिएको जनाइएको छ ।
नयाँ कार्यतालिकाअनुसार पालिका स्तरीय अधिवेशन यहि असोज १३ गते मंगलवार तय गरिएको छ । प्रदेश क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १४ गते वुत्रवार गर्ने निर्णय गरिएको जारी सूचनामा उल्लेख छ । अधिवेसनको जिल्ला निर्वाचन अधिकृत रत्नसुन्दर कुँजुद्वारा जारी विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई नयाँ कार्यतालिकाबारे जानकारी गराइएको छ ।

अविरल वर्षा, बाढीपहिरो र प्रतिकूल मौसमका कारण स्थगित भएका नेपाली कांग्रेस नुवाकोटका पालिका तथा क्षेत्रीय अधिवेशनहरू पुनः सञ्चालन हुने भएका हुन् । मौसममा सुधार आएसँगै जिल्ला निर्वाचन समितिको कार्यालय नुवाकोटले नयाँ कार्यतालिका सार्वजनिक गर्दै अधिवेशनको मिति तय गरेको कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले जानकारी दिए ।
यसअघि पार्टीले असोज ९ गते पालिका स्तरीय र असोज १२ गते क्षेत्रीय अधिवेशनको मिति तोकेको थियो । तर, लगातारको भारी वर्षाका कारण अधिवेसन सथगित गरिएको थियो । सभापति महतले रोकिएका अधिवेशनहरू अब तोकिएकै समयमा सम्पन्न हुने बताए । “मौसम अनुकूल भएसँगै सडक यातायात सहज बन्दै गएको छ ।”











































