भमराका विद्यार्थीहरुलाई न्यानो कपडा

– जाडोमा विद्यार्थीहरु खुसी
लोकखबर
२०८२ पुष ९, बुधबार २३:२३

बिदुर– जाडोमा विद्यार्थीहरुलाई सहजताका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको भमरामा न्यानो कपडा प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।

तारकेश्वर गाउँपालिका ६ भमरास्थित बाघभैरब आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडालगायत आवश्यक सामग्री वितरण गरिएको हो । तारकेश्वर ४ का वडासदस्य तथा शिक्षाप्रेमी रामकाजी थापा (स्वर्णिम) को पहलमा सो विद्यालयका २५ जना विद्यार्थीहरुलाई एक/एक सेट न्यानो कपडा प्रदान गरिएको हो ।

सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै विद्यार्थीहरुको शैक्षिक विकासका लागि सहयोग पु¥याउने उद्धेश्यले आफुले पहल गरि उक्त सहयोग गरेको थापाको भनाई छ । आफ्नो कार्यमा स्थानीय जनप्रतिनिधि, साथीहरू तथा जनसमुदायको उल्लेखनीय सहयोग रहेको उनले बताए ।

न्यानो कपडा वितरणसंगै विद्यालय परिवार तथा विद्यार्थीहरूको उत्साह र खुशीले आफूहरूलाई अझै प्रेरणा मिलेको उनको भनाई छ । थापाका साथै वडाध्यक्ष धनराज तामाङ विद्यालयका अध्यक्ष बिक्रम लामालगायतले विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका हुन् ।

थपाको पहलमा यसअघि पनि नुवाकोटका विभिन्न विद्यालयमा पोशाक तथा शैक्षिक, खेलकुद सामग्रीहरु प्रदान गरिएको छ । विद्यालय परिवारले विद्यार्थीको हितका लागि गरिएको न्यानो कपडा सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय कार्य निरन्तर भइरहने अपेक्षा व्यक्त गरेको छ ।


सर्वाधिक रुचाइएको