भद्रपुरमा विमान दुर्घटना
बिदुर– काठमाडौवाट उडेर झापाको भद्रपुर विमानस्थलमा पुगेको एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । विमान घांंसे मैदानमा पुगेको छ भने यात्रु तथा चालक दलका सवै सकुशल रहेका छन् । ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

बुद्ध एयरको विमान अवतरणका क्रममा शुक्रवार राती रनवेबाट चिप्लिएको हो । काठमाडौं–भद्रपुर उडानको ९०१ नम्बरको बुद्ध एयरको जहाज ओभररन भएर ग्रास एरियामा पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाको भनाई छ । विमान रनवेबाट ग्राउन्ड क्षेत्रतर्फ बाहिर पुगेको र अवतरणका क्रममा विमान रनवेबाट तलतर्फ चिप्लिएको थियो ।

विमानका सबै यात्रु भने सुरक्षित छन् । विमानमा ५१ जना यात्रु सवार थिए । ग्राउन्डभन्दा केही बाहिर विमान गएको र यात्रुहरु सुरक्षित रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको भनाई छ । घटना भएलगत्तै सबै यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

भद्रपुर एयरपोर्टमा अवतरण गर्ने क्रममा फ्लाईट रन–वे को दुएट (पुर्व तर्फ) ओभर रन भई तीनसय मिटर पुर्वपट्टि भासिएको छ । विमान अवतरणका क्रममा रन–वेबाट तल चप्लिएको हो । काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको ९०१ उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो ।

दुर्घटनापछि उद्धारमा सम्वन्धित निकाय तथा सुरक्षाकर्मी खटिएका थिए । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको कोशी प्रदेशका डीआईजी बिनोद घिमिरेको भनाई छ । झापाको भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लिएको जहाज घाँसे मैदानमा पुगेको छ । विमानबाट यात्रुहरूको उद्धार गरिसकिएको छ ।

भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ बजे रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाजमा सवार सबै यात्रु सकुसल रहेका छन् । अवतरण गर्ने क्रममा दुघृटनामा परेको जहाजमा चालक दलका ४ जना र ५१ जना यात्रु सवार थिए ।

भद्रपुर विमानस्थलमा अवतरण भर्ने क्रममा जहाज रनवेमा चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाको भनाई छ । उनका अनुसार सबै यात्रुको सकुसल उद्धार गरिएको छ ।













































