अनलाइनमार्फत उद्योग दर्ता सुरु
– सेवाग्राहीहरुलाई सुविधा
बिदुर – बिदुरस्थित उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय नुवाकोटले अनलाइनमार्फत उद्योग दर्ता सुरु गरेको छ । यसवाट सेवाग्राहीहरुलाई सुविधा पुगेको छ ।
अनलाइनमार्फत उद्योग दर्ता गरेपछि अनलाईन माध्यमबाट उद्योग दर्ता गर्ने सेवाग्राहीलाई प्रमाणपत्रसमेत प्रदान गरिने गरिएको कार्यालयले जनाएको छ ।

यसवाट उद्योगी, व्यवसायी तथा सेवाग्राहीहरुलाई सेवाप्रवाहलाई सरल, सहज, पारदर्शी र प्रविधिमैत्री भएको कार्यालयले जनाएको छ । अनलाईन उद्योग दर्ता सेवा निरन्तर कार्यान्वयनमा ल्याइने कार्यालयले जनाएको छ । उक्त सेवाको प्रारम्भसंगै उद्योग दर्ता सम्बन्धि परम्परागत कागजी प्रक्रियामा न्युनीकरण गर्दै डिजिटल शासन, प्रविधिमैत्री सेवा प्रवाह र सेवाग्राहिको समय तथा लागत बचतमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।













































