घर आगजनी हुंदा क्षति

– सात लाख वढि नोक्सान
लोकखबर
२०८२ पुष २१, सोमबार २२:३१

बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको मोक्तानटोलमा एक घरमा आगजनी भएको छ । आगजनीवाट एक घर जलेर नष्ट भएको छ ।

सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको पञ्चकन्या गाउँपालिका २ मोक्तानटोलमा स्थानीय दमनबहादुर लामाको घरमा आगजनी हुंदा सामानहरु जलेर नष्ट भएको हो । रातीको समयमा बिजुलीको तार सर्ट भई घरमा अचानक आगलागी हुदा घर जलेर नष्ट भएको नुवाकोट प्रहरीले जनाएको छ ।

आगलागी हुदा घरसहित घरमा रहेको सम्पूर्ण अन्नपात, लत्ताकपडा, सरसामान र नगदसहित अन्दाजी ७ लाख रुपैया भन्दा बढीको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । आगोलागीको जानकारी हुने वित्तिकै नियन्त्रणका लागि स्थानीयवासी, जनप्रतिनिधि र ईलाका प्रहरी कार्यालय पञ्चकन्याका प्रहरी लामाको घर पुगका थिए ।


सर्वाधिक रुचाइएको