प्राविधिक विद्यालयको भवन निर्माण

– पुर्वमन्त्रि तामाङले गरे उद्घाटन
लोकखबर
२०८२ पुष २७, आईतवार २१:२८

बिदुर-नुवाकोटको खरानीटारमा प्राविधिक विद्यालयको भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको विशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ ।

तादी गाउंपालिका ३ खरानीटारस्थित अमर ज्योति प्राबिधिक विद्यालयको नमूना विद्यालय विकास अन्र्तर्गत नवननिर्मित २४ कोठे शैक्षिक भवनको निर्माणसंगै उद्घाटन् गरिएको छ । नवनिर्मित उक्त शैक्षिक भवनको पूर्वमन्त्री हितवहादुर तामाङले उद्घाटन गरे ।

उनले शिक्षामा प्राविधिक क्षेत्र अपरिहार्य भएको वताए । प्राविधिक शिक्षावाटै वेरोजगारी समस्या समाधान हुनुका साथै सीप र प्रविधियुक्त हुने वताए ।

भुकम्प प्रतिरोधी उक्त विद्यालय भवन तीन तले रहेको छ । भवन निर्माणमा सांढे पांच करोड रुपैया वढि खर्च भएको जनाइएको छ ।

तादी गाउँपालिकामा रहेको एकमात्र उक्त प्राविधिक नमूना माविको शैक्षिक भवन उद्घाटन कार्यक्रममा तादी गापा अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, वडाध्यक्षहरुलगायतका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, कर्मचारीको सहभागिता रहेको थियो । सो विद्यालय नुवाकोटको उत्तरपुर्वी भेगको केन्द्रको रुपमा रहेको तादी गापा अध्यक्ष सन्तमान तामाङको भनाई छ ।


सर्वाधिक रुचाइएको