नुवाकोटमा मुख्य दलका उम्मेदवारहरु तय, रास्वपाका पाण्डेद्वारा विद्रोह
बिदुर-आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटवाट मुख्य दलका उम्मेदवारहरु तय भएका छन् । कोही उम्मेदवार दोहोरिएका छन् भने कोही उम्मेदवार नयांले टिकट पाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपा, राप्रपा, श्रम संस्कृतिलगायतका दलले सोमवार आआफ्ना उम्मेदवार तय गरिसकेका छन् । रास्वपावाट टिकट नपाएपछि उक्त दलका नेता तथा महाधिवेसन प्रतिनिधि सुमनविक्रम पाण्डेले विद्रोह गरेका छन् ।

बिदुर नगरपालिका २ नुवाकोट घर भएका पाण्डे गत २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नुवाकोट २ वाट रास्वपावाट उम्मेदवार भई निकटतम प्रतिस्पर्धी भएका थिए । उनी त्यसवेला कांग्रेस माओवादी गठवन्धनका उम्मेदवार अर्जुननरसिंह केसीसंग पराजित भएका थिए । नुवाकोटवाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसबाट क्षेत्र नं. १ मा डा. प्रकाशशरण महत र क्षेत्र नं. २ मा जगदीश्वरनरसिंह केसीले टिकट पाएका छन् ।

कांग्रेसले उम्मेदवार तय गरेका डा. महत र केसी दुवै नुवाकोटमा संघीय निर्वाचनमा पहिलो पटक अन्य दलसंग प्रतिस्पर्धा गर्न लागेका हुन् । डा. महत २०७९ को निर्वाचनमा समानुपातिक तर्फवाट प्रतिनिधि सभा सदस्य भइसकेका छन् । केसी पनि समानुपातिक प्रणालीवाट संविधान सभा सदस्य भइसकेका छन् ।

महतले गत २०७४ सालमा काठमाडौ ५ वाट प्रत्यक्ष निर्वाचन लडे पनि नुवाकोटबाट पहिलो पटक निर्वाचन लड्न लागेका हुन् । उनी उर्जा तथा पररष्ट्रमन्त्रि भइसकेका छन् । केसीले गत २०७४ सालको वोगमति प्रदेश सभा सदस्य निर्वाचनमा नुवाकोट २ को १ मा निर्वाचन लडेका थिए । एमालेका हालका प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशवराज पाण्डेसंग पराजित भएका थिए ।

कांग्रेसभित्रको आन्तरिक विवाद तत्कालका लागि स्थगित गरेर पार्टी एकतावद्ध रुपमा अघि बढ्ने सहमति गरिएको कांग्रेस नुवाकोटले जनाएको छ । चुनावको टिकट वितरण सहमतिमा गरेको कांग्रेसले निर्वाचनका लागि टिकट पाएसँगै दुवै पक्षले मंगलवारको मनोनयनका लागि आआफ्ना समर्थकहरुलाई आआफ्नो निर्वाचन क्षेत्रमा बोलाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले यसअघि नै नुवाकोटवाट उम्मेदवारहरु तय गरिसकेको छ ।

नुवाकोट १ मा पार्टी जिल्ला अध्यक्ष तथा वागमतिका पुर्वमन्त्रि वद्री मैनाली र नुवाकोट २ मा पार्टीका केनद्रीय सदस्य, नुवाकोट इन्चार्ज तथा वागमतिका पुर्वमन्त्रि केशवराज पाण्डेलाई चयन गरिसकेको छ । यसका साथै आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले पनि नुवाकोटमा उम्मेदवारको टुंगो लगाएको छ । उक्त पार्टीले नुवाकोट १ मा पुर्वमन्त्रि हितबहादुर तामाड र नुवाकोट २ मा पुर्व वागमति प्रदेश सभा सदस्य हिरानाथ खतिवडालाई उम्मेदवार बनाएको छ ।

कांग्रेस माओवादी गठवन्धानका उम्मेदवार हितबहादुर तामाड २०७९को निर्वाचनमा एमालेका उम्मेदवार वद्री मैनालीलाई निकटतम प्रतिस्पर्धी वनाएर विजयी भएका थिए । उक्त दलका नुवाकोट २ का उम्मेदवार तय भएका हिरानाथ खतिवडा गत २०७४ सालको प्रदेशसभाको निर्वाचनमा नुवाकोट २ को २ मा विजयी भएका थिए ।
यस पटक तत्कालीन नेकपा माओवादी र एकिकृत समाजवादी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ ।

सोही पार्टीले राजेन्द्रप्रकाश लोहनीलाई क्रमसंख्या १ मा सिफारिस गरेको भएपनि अनत्यमा खतिवडाले टिकट पाएका हुन् । यससंगै तत्कालीन एकिकृत समाजवादीले नुवाकोटमा कुनै पनि सिटमा टिकट पाएन । राप्रपाले पनि नुवाकोटमा उम्मेदवार तय गरेको छ ।
क्षेत्र नं. १ मा बिमल थापा र २ मा झनकवहादुर प्याकुरेललाई उम्मेदवार वनाएको छ । अन्य दलले पनि उम्मेदवार तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको उम्मेदवारका लागि नुवाकोटमा उम्मेदवार तय गरेको छ ।

सो दलले नुवाकोट–१ मा डा. विक्रम तिमिल्सिना र २ मा डा.अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाले यसअघि २०७९ सालको निर्वाचनमा रास्वपाबाट नुवाकोट १ मा डा. प्रधुम्न महत र २ मा सुमनविक्रम पाण्डेलाई उम्मेदवार वनाएर मैदानमा उतारेको थियो । पाण्डे नुवाकोट २ मा निकटतम प्रतिस्पर्धी भएका थिए ।
पाण्डेले गरे विद्रोहः
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार नबनाएपछि रास्वपाबाट नुवाकोटका सुमनविक्रम पाण्डेले विद्रोह गरेका छन् । यससंगै नुवाकोटमा सो दलको संगठनमा चार वर्षदेखि क्रियाशील रहेका पाण्डेको विद्रोहले उक्त दललाई समस्या परेको विश्लेशकहरु बताउंछन् । २०७९ सालको निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट रास्वपाको उम्मेदवार रहेका पाण्डेले रास्वपामा टिकट नपाएपछि विद्रोह गरेका छन् ।

उक्त दलमा चार वर्षदेखि खटिएका पाण्डे यस पटक पनि उनी उम्मेदवार बन्ने चर्चा थियो । यसअघिको निर्वाचनमा पाण्डे पराजित भएका थिए । त्यसपछि उनी संगठन विस्तारमा गाउँ गाउँ पुगेका थिए ।
अन्त्यमा रास्वपाले उनलाई टिकट नदिएपछि विद्रोह गर्दै कुलमान घिसिडले नेतृत्व गरेको उज्यालो नेपाल पार्टीबाट नुवाकोट २ मा उम्मेदवारी दिने तयारी गरेका छन् । आफुले सुरुदेखि नै रास्वपामा लागेर विभिन्न सक्रियता देखाएकोमा हाल आएर अवमुल्यन भएको पाण्डेले वताए । यद्यपि, पाण्डेको उम्मेदवारी वारे सोमवार रातीसम्म आफुलाई जानकारी नभएको उक्त दलका नुवाकोटका संयोजक रामकृष्ण राजभण्डारीले वताए ।

राजभण्डारीले आफ्नो दलवाट नुवाकोट १ वाट भने इमानसिंह तामाङ उम्मेदवार रहेको वताए । नुवाकोट २ को विषय काठमाडौवाट नजिक भएका कारण मंगलवार मात्रै टुंगाउने कुरा भएकोसमेत संयोजक राजभण्डारीले वताए । रास्वपाले नुवाकोट २ बाट बागमती प्रदेश सभापति अच्युतम लामिछानेलाई टिकट दिएपछि सुमन पाण्डे असन्तुष्ट बनेका हुन् ।
गत निर्वाचनमा पाण्डेले १७ हजार मत ल्याएर कांग्रेसका अर्जुननरसिंह केसीसँग पराजित भएका थिए । कतिपय दलहरुले भने उम्मेदवारी दिने मंगलवारको समयभित्र उम्मेदवार तय गरेर मनोनयन दर्ता गरिने वताएका छन् । नुवाकोट २ मा दुईवटा नगरपालिकाहरू विदुर र बेलकोटगढीसहित तारकेश्वर, किस्पाङ र म्यागङ गाउँ पालिका रहेका छन् ।













































