८० जना बालवन्दीलाई नुवाकोट ल्याइयो

– केन्द्रीय कारागार नुवाकोटमा राखियो
लोकखवर विशेष संवाददाता
२०८२ माघ २०, मंगलवार २२:३१

बिदुर– विभिन्न स्थानवाट नुवाकोटस्थित केन्द्रीय कारागारमा बालवन्दीहरुको स्थानान्तरण सुरु गरिएको छ । सरकारको निर्णयअनुसार देशकै विभिन्न कारागारवाट नुवाकोटमा बालवन्दीहरुको स्थानान्तरण सुरु गरिएको हो । नुवाकोटस्थित कारागारमा अन्यत्रवाट ८० जना बालवन्दीहरु सारिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइका अनुसार भक्तपुर बाल सुधार गृहबाट ७५ र वांकेवाट पांच जना बालबन्दीलाई नुवाकोट ल्याइएको छ । बिदुर नगरपालिका ६ चण्डीपोखरीस्थित केन्द्रीय कारागारको छुट्टै व्लकमा उनीहरुलाइृ राखिएको छ । गत पुस ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार १८ वर्ष उमेर पूरा भएकाहरुलाई केन्द्रीय कारागार कार्यालय नुवाकोटमा सार्ने निर्णय भएको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार माघ ९ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिले पनि १८ वर्षमाथिका बाल बिज्याइकर्तालाई स्थानान्तरण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । भक्तपुरवाट ७५ र वांकेवाट पवांच जना गरि ८० जनालाई नुवाकोटमा ल्याइएको हो । कारागार व्यवस्थापन विभागले ७६ जना बालबिझ्याइकर्तालाई स्थानान्तरणको अनुमति दिएको थियो ।

यद्यपि, एक जना बिरामी भएपछि उनीबाहेकलाई स्थानान्तरण गरिएको जनाइएको छ । सुधारगृहमा रहेका बाँकी ६७ जना बाल बिझ्याइकर्ताहरूलाई पनि स्थानान्तरण गर्ने तयारी सरकारले गरेको छ । सोमवार मात्र बांकेवाट पांच जना ल्याइएको सप्रजिअ हुमागाइले जानकारी दिए ।


सर्वाधिक रुचाइएको