बाढी पीडितद्वारा सभामुख समक्ष पुर्नस्थापनाको माग
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले तहसनहस पारेको दुई महिना वितिसक्दा पनि पुर्नवासको प्रक्रिया सुरु हुन नसकेको जनाउंदै नुवाकोटमा बाढी पीडितहरु दुई सातादेखि संघर्षरत रहेका छन् । उनीहरुले पुर्नस्थापनालगायतको माग गर्दै सम्वन्धित निकायको ध्यानाकर्षण गरेका छन् । बाढीले प्रभावित पारेको भोटेकोशी त्रिशूली बाढी पीडित सरोकार समिति नुवाकोटले बाढीबाट विस्थापित पीडितहरुलाई राहत होईन, पुर्नवास हुनुपर्ने मागसहित संघर्षका कार्यक्रम सन्चालन गरेका हुन् ।

सो समितिले विस्थापितको बाच्ने आधारको सुनिश्चिततालगायतका ६ वुंदे सामूहिक माग प्रतिनिधि सभाका सभामुखलगायतका निकायमा राख्दै विभिन्न निकायको ध्यानाकर्षण गराएको छ । बाढी पीडितहरुको टोलीले जनप्रतिनिधिलगायतका विभिन्न निकायमा मागसहितको ध्यानाकर्षणपत्र वुझाएको छ । सरोकार समितिले सभामुखसहित नुवाकोटका प्रतिनिधि सभा सदस्यलगायत ६ वटा निकायमा वुधवार एकैदिन शान्तिपूर्ण रुपमा ध्यानाकर्षण गराएको होे ।

प्रलयकारी बाढीले विध्वंस मच्चाएको वुधवार ७० दिन वितेको छ । बाढीमा परेर धेरै परिवारका सदस्यहरु, घरबार, खेतबारी गुमाएकाहरुको संख्या धेरै रहेको छ ।भोटेकोशी त्रिशूली बाढी पीडित सरोकार समितिले वुधवार सभामुख डोलप्रसाद अर्याल, विभिन्न मन्त्रालय, विपद ब्यबस्थापन संसदीय बिशेष समिति तथा प्रतिनिधि सभाका सदस्यहरुसंग भेट गर्दै ध्यानाकर्षण गराएको छ । समितिले वाढी पीडितहरुको ६ बुदे माग सहितको ध्यानाकर्षण पत्र बुझाउदै पीडितहरुको माग प्रति गम्भीर भई समस्या समाधान गरिदिन विशेष अनुरोध गरेको छ ।

समितिका संयोजक सुर्यवहादुर कडेलको नेतृत्वमा रहेको टोलीले सभामुख डोलप्रसाद अर्याल, सूचना तथा संचार मन्त्रि डा बिक्रम तिमल्सिनालगायत ६ जनालाई छुट्टाछुट्टै रपमा ध्यानाकर्षण पत्र वुझाएको हो । टोलीले यसका साथै प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री अर्जुननरसिहं केसी, नुवाकोट २ का प्रतिनिधि सभा सदस्य डा.अचुुतम लामिछाने, संसदीय बिशेष समितिका सभापति गणेश पराजुली, पूर्वाधारमन्त्रि सुनील लम्साललाई मन्त्रालयका अधिकारीमार्फत र रसुवाका प्रतिनिधि सभा सदस्य मोहन आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बाढीपीडितका माग सम्बोधन गर्न जनप्रतिनिधिसँग सरोकार समितिले विशेष छलफलसहितको अन्र्तक्रियासमेत गरेको छ ।

समितिले बाढीपीडितहरूको तर्फबाट मागपत्र तथा ज्ञापनपत्र हस्तान्तरण गर्दै पीडितका समस्या, राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा विशेष छलफल गरेको छ ।
बाढी प्रभावित नागरिकका माग सम्बोधन गर्दै सुरक्षित आवास, उचित राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक पहल गर्न समितिले ध्यानाकर्षण गराएको हो । बाढी गएको झण्डै सांढे दुई महिना हुंदासमेत पुर्नस्थापनाकै पहल नभएका कारण संघर्षका कार्यक्रम सुरु गर्नुपरेको समितिका संयोजक सुर्यवहादुर कडेलको भनाई छ । तीनै तहको सरकारलाई दवावमुलक कार्यक्रम संचालन गरेर बाढी पीडितहरुको पुर्नस्थापना गरिने उनले वताए ।

गत भदौ १० गतेको प्रलयकारी बाढीबाट प्रभावित नागरिकले भोगिरहेका समस्या, राहत वितरण, अस्थायी बसोबास तथा दीर्घकालीन पुनस्र्थापनाका कार्यक्रम आवस्यक रहेको समितिका उपसंयोजक सुरेन्द्रराज केसीले वताए । उनका अनुसार बाढीका कारण घरजग्गा तथा सम्पत्तिमा क्षति पुगेका प्रभावित परिवारको व्यवस्थापन र उनीहरूको सहज जीवनयापनका लागि आवश्यक कार्यक्रमको लागि सरकारले कार्य गर्नुपर्ने माग गरिएको छ । समितिले बाढी पीडितहरूको पुर्नस्थापना र जीवन यापनमा सहजिकरण, वर्गिकरण र क्षतिपूर्ति, तथ्याङ्क सङ्कलन तथा क्षतिको विवरण, राहत वितरण, विकास निर्माण, ऐतिहासिक, पुराताव्कि महत्वका धरोहरहरूको पुनः निर्माण र पुननिमार्ण प्राधिकरण गठनका सम्वन्धमा मागपत्र वुझाएको हो ।

ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढी आएको सांढे दुर्ई महिना वितिसक्दा पनि उचित न्याय नपाइएको बाढी पीडितहरुले गुनासो गरेका छन् । उनीहरुले बाढी पीडितहरुले भोटेकोशी त्रिशूली बाढी पीडित सरोकार समिति गठन गरेर चरणवद्ध रुपमा संघर्षका कार्यक्रमहरु गरेका हुन् । हालसम्म पीडितहरुले उचित रुपमा न्याय हुन नसकेको जनाउंदै न्यायको लागि एकजुट हुँनुपरेको उनीहरुले गुनासो गरेका छन् । बिदुरमा बाढी पीडितहरुको सामूहिक रुपमा तीनै तहको सरकार समक्ष पुनस्र्थापनासंग सम्न्धित बिषयमा माग अगाडि सारेका छन् ।

गत भदौ १० गते ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटका चार वटा स्थानीय तह प्रभावित पारेको छ । सांढे दुई महिना अगाडिको उक्त बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा निकै जनधनको क्षति गरेको छ । बाढीले ति स्थानीय तहका २८ सय वढि घरधुरी ध्वस्त पारेको छ । बाढीका कारण नुवाकोटको चार स्थानीय तहभित्रका दुईहजार आठसय ३१ घर ध्वस्त पारेको हो । बढीले सवैभन्दा वढि क्षति बिदुर नपामा गरेको छ ।

बाढीले बिदुर नपाभित्र रहेका दुईहजार पांचसय ५४ वटा घरमा क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बढीले बेलकोटगढी नपामा बाढीले एकसय ९५, तारकेश्वर गापामा ४८ र किस्पाङ गापामा ३४ घरमा क्षति पु¥याएको छ । बाढीका कारण नुवाकोटमा दुईहजार सातसय २३ जना अझै वेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ । बाढी पीडितहरुले तीनै तहको सरकार तथा सरोकारवाला कार्यालयमा बाढी पीडितको एजेन्डा राख्न सुरु गरेका हुन् ।

विनासकारी बाढीले नुवाकोटको त्रिशूली नदी तटीय क्षेत्रमा पु¥याएको क्षतीको अवस्था भयाभव रहनुका साथै बाढी प्रभावित क्षेत्रमा बाढी पीडितहरूले व्यहोर्नु परेको कष्ट र समस्याहरूलाई यथाशिघ्र सम्वोधन गरी पीडितहरूलाई आफ्नो पूर्ववर्ति दैनिकीमा फर्काउने कर्तव्य राज्यका तीनवटै तहका सरकारहरूको आ –आफ्नो क्षेत्र अधिकार भित्रको दायित्व पुरा गर्ने सचेत गराइएको समितिका उपसंयोजक अष्टमान डंगोलको भनाई छ । बाढी पीडितहरुले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रका बाढी पीडितका समस्या पहिचान गरी सम्बन्धित पक्षसँग छलफल गर्ने र पुनर्निर्माण तथा पुनर्वासको काम शिघ्र अघि बढाउन सरकारलाई दबाब सिर्जना गर्ने कार्यक्रम सुरु गरेका हुन् ।

बाढीपछि सरकारले घोषणा गरेका राहत तथा पुनर्निर्माणका काममा ढिलासुस्ती भएको, कतिपय वास्तविक पीडितले अझै राहत पाउन नसकेको तथा दीर्घकालीन रूपमा पुनर्वासको समस्या सबैभन्दा चुनौतीपूर्ण बनेको समितिका सहसचिव किरण अधिकारीको भनाई छ । उनका अनुसार समितिले प्रभावित क्षेत्रमा पुगेर पीडितका वास्तविक समस्या संकलन गर्ने कार्य गरेको छ । बाढीबाट नुवाकोटको बेत्रावती, त्रिशूली, ढुंगे, तुप्चे, सोले, शान्तिवजार, देवीघाट, महादेवफाँटलगायतका क्षेत्र निकै प्रभावित भएका छन् ।

बाढीका कारण अधिकांशका घर, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । विनासकारी बाढी गएको सांढे दुई महिना वितिसक्दा पनि पुनर्निर्माण र पुनर्वासको काम उचित रुपमा हुन नसकेको पीडितहरूको गुनासो छ । गत भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित विदुर नपाको तुप्चे, बेत्रावती, त्रिशूली, देवीघाट हुँदै बेलकोटगढी नपा, तारकेश्वर र किस्पाङ गापामा ठुला प्रभावित वनाएको छ ।












































