निर्वाचनका लागि स्थानीय तहसंग सुरक्षा निकायको अन्र्तक्रिया

– बिदुर नपामा कार्यक्रम
लोकखबर
२०८२ माघ २२, बिहीबार ०२:१४

बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा सुरक्षा निकायले स्थानीय तहसंग अन्र्तक्रिया गरेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र अवस्थाको सम्वन्धमा विदुर नगरपालिकामा स्थानीयतहसंग सुरक्षा निकायका पदाधिकारीहरु सहितको अनर्तक्रिया गरिएको हो ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी विदुर नपामा मेयर, उपमेयर, वडाध्यक्षलगायत अन्य जनप्रतिनिधिसंग सुरक्षा निकायका पदाधिकारीहरु सहितको वृहत अन्र्तक्रियासहितको कार्यक्रम गरिएको हो । कार्यक्रममा मेयर राजन श्रेष्ठले निर्वाचनमा स्वच्छ, सभ्य, भर्यादित र निष्पक्ष वनाउन विदुर नपाले आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा आगामी निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागी विदुर नपाको तर्फबाट पूर्ण रुपमा सहयोग, समन्वय र सहकार्य गर्नेलगायतका निर्णयहरु गरिएका छन् । कार्यक्रममा उपमेयर प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक विपिन रेग्मी, राष्ट्रिय अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमलप्रसाद भट्टराई, सशस्त्र प्रहरी बल १९ नं गुल्मका प्रमुख गंगा केसीसहित विदुर नपाका विभिन्न वडाध्यक्षहरुसहित सरोकारवालाहरुले निर्वाचनलाई सम्पन्न गर्ने दायितव स्थानीय जनप्रतिनिधिहरुको भएकोसमेत वताए ।


सर्वाधिक रुचाइएको