बिद्यार्थी दुर्घटना विमा हस्तान्तरण

– बिदुर नपाका मेयर श्रेष्ठले गरे हस्तान्तरण
लोकखबर
२०८२ माघ २३, शुक्रबार ००:०२

बिदुर– विद्यालयमा हुने आकस्मिक दुर्घटनाबाट विद्यार्थी र अभिभावकलाई पर्ने आर्थिक तथा मानसिक भार कम गर्ने उद्देश्यले नुवाकोटकको विदुर नगरपालिकाले सञ्चालन गरेको विद्यार्थी दुर्घटना बीमा कार्यक्रमअन्तर्गत बीमा दाबी रकम प्रदान गरिएको छ । कार्यक्रमअनुसार नपा कार्यालयमा आयोजित कार्यक्रममा विमा दावी वापतको रकम हस्तान्तरण गरिएको छ ।

कार्यक्रमअनुसार तीन जना विद्यार्थीहरुको कुल एकलाख ५९ हजार आठसय ५० रुपैयाँ बराबरको बीमा रकम सम्बन्धित विद्यालयमार्फत विद्यार्थीहरूका लागि प्रदान गरिएको हो । मेयर राजन श्रेष्ठले बीमा कम्पनीबाट प्राप्त उक्त रकम विद्यालय प्रतिनिधिहरूलाई हस्तान्तरण गर्दै विद्यार्थीको उपचार खर्चमा राहत पु¥याउने र उनीहरूको अध्ययनमा निरन्तरता सुनिश्चित गर्ने लक्ष्य रहेको बताए ।

मेयर श्रेष्ठले विद्यार्थी लक्षित सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै शिक्षामा पहुँच, निरन्तरता र गुणस्तर सुधार गर्ने प्रतिबद्धता विदुर नपाको रहेको उल्लेख गरे । बीमा रकम प्राप्त गर्ने विद्यार्थीहरूमा त्रिभुवन त्रिशूली माविकी युनिका तमाङलाई एक लाख रुपैयाँ, बच्छलादेवी माविका समीप खतिवडालाई ५४ हजार रुपैयाँ रथा शहीद जगत प्रकाशजंग शाह संस्कृति माविकी कञ्चन तामाङलाई पांहजार आठसय ५० रुपैयाँ हस्तान्तरण गरिएको छ ।

विद्यालय जीवनमा सम्भावित दुर्घटनाका कारण विद्यार्थी तथा अभिभावकमा पर्न सक्ने आर्थिक र मानसिक बोझ कम गर्दै, उपचार खर्च व्यवस्थापनमा सहयोग पु¥याउने र विद्यार्थीलाई निरन्तर शिक्षामा संलग्न रहन प्रेरित गर्न विदुर नपामार्फत विद्यार्थी दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरिएको हो । सो विद्यार्थी दुर्घटना बीमा कार्यक्रम अन्तर्गत सम्बन्धित बीमा कम्पनीबाट प्राप्त बीमा दाबी रकम सम्बन्धित विद्यालयका प्रतिनिधिहरूलाई प्रदान गरिएको हो ।

विद्यार्थी केन्द्रीत सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै शिक्षामा पहुँच, निरन्तरता र गुणस्तर अभिवृद्धिमा योगदान दिने लक्ष्य अनुसार विदुर नपाले उक्त कार्यक्रम सन्चालन गरेको हो । कार्यक्रममा विदुर नपाका अन्य जनप्रतिनिधि, कर्मचार ितथा सरोकारवालाहरुकोे उपस्थिति रहेको थियो ।

 

 

 


सर्वाधिक रुचाइएको