६ सय जनाको स्वास्थ्य परिक्षण

– वृद्धवृद्धा धेरै
लोकखबर
२०८२ माघ २४, शनिबार २१:५५

बिदुर– गाउंवासीको सुविधाका लागि नुवाकोटको पुर्वी भेगमा रहेको कुमरीमा सन्चालित वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । तीन दिनसम्म सन्चालित शिविरमा ६ सय जना वढिको स्वास्थ्य परिक्षण गरि आवस्यक औषधि वितरण गरिएको छ ।

बेलकोटगढी नगरपालिका ३ कुमरी स्वास्थ्य चौकीमा आयोजित शिविरमा कुमरी तथा आसपासका सर्वसाधारणले स्वास्थ्य उपचारको लाभ लिएको मेयर जगतवहादुर गुरुङले वताए । स्वास्थ्य परिक्षणका लागि आएकामध्ये ६० प्रतिशत वृद्धवृद्धा रहेका थिए ।

तीन दिने निःशुल्क स्वास्थ्य सिबिरमा वेलकोटगढी नपा २, ३ र ४ का ६ सय १५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा चिकित्सकसहित आठ जनाको स्वास्थ्य टोलीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा वेस्ट सिटि अस्पतालका जेनरल फिजिसियन डा. सरोजा गैह्रेलगायतको स्वास्थ्य टोली खटिएको थियो । शिविरमा ग्रामीणवासीले लाभ लिएको वडाध्यक्ष कौशिला पुडासैनीले जानकारी दिइन् ।


सर्वाधिक रुचाइएको