बाढीले नुवाकोटका १९ सय वढि घर क्षति
बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको विभिन्न स्थानमा १९ सय वढि घर क्षति गरेको छ । प्रारम्भिक तथ्यांक अनुसार पहिलो चरणमा घरहरुको विवरण सार्वजनिक भएको हो । बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा रहेका नदीका किनाराका संरचनामा क्षति गरेको छ । बाढीले ५० देखि चारसय ५० मिटरभित्रका संरचना ध्वस्त पारेको छ ।

प्रलयकारी बाढीले नुवाकोटको त्रिशूली, ढुंगे, वेत्रावति, सोले, तुप्चे, भैंसे, गेर्खु, वुहुनीवेशी, देवीघाट, रातमाटे तथा कोल्पुटारमा निकै क्षति गरेको छ । स्थानीय तहगत रुपमा प्रभावित घरधुरी संख्या एकहजार नौसय ५५ रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । जसमध्ये पूर्णरुपमा एकहजार चारसय ७२ , आंशिक ४ सय ८३ घर रहेका छन् । नुवाकोटमा दुईसय तीन जनाको शव निकालिएको छ । दुईहजार सातसय १६ जना अझै वेपत्ता रहेको प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए ।

विदुर नगरपालिका १ मा पूर्णक्षति भएको घर ३ सय ९०, आंशिक ९३, विदुर नपा ३ मा पूर्णक्षति भएको घर ८० र आंशिक २८, विदुर नपा ४ मा पूर्णक्षति भएको घर ६० र आंशिक २७ , विदुर नपा ५ मा पूर्णक्षति भएको घर २ सय ६२, आंशिक ७६ विदुर नपा ६ मा पूर्ण क्षति ५ र आंशिक ४ घर, विदुर नपा ७ मा पूर्णक्षति भएको घर एकसय २० र आंशिक ८० घर रहेको अधिकृत नेपालले जानकारी दिए । उनका अनुसार बाढीले विदुर नपा ८ मा ५ घर पुर्ण क्षति, विदुर नपा ९ मा पूर्णक्षति भएको घर ९०, आंशिक क्षति ४०, विदुर नपा १० मा पूर्णक्षति भएको घर २ सय ९० र आंशिक क्षति भएको २८, बेलकोटगढी नपा ५ मा पूर्णक्षति भएको घर १२ आंशिक क्षति ३८, बेलकोटगढी नपा ७ मा पूर्णक्षति भएको घर ५५ आंशिक क्षति २५, बेलकोटगढी नपा ८ मा पूर्णक्षति भएको घर ४८ आंशिक क्षति १७ घर रहेका छन् ।

यसका साथै बाढीले नुवाकोटको किस्पाङ्ग गाँउपालिका ५ मा पूर्णक्षति भएको घर ३४, तारकेश्वर गाँउपालिका २ मा पूर्णक्षति भएको घर ३, तारकेश्वर गापा ४ मा पूर्णक्षति भएको घर १८ र आंशिक क्षति २७ गरि नुवाकोटका चार स्थानीय तहका एकहजार नौसय ५५ घर क्षति भएका छन् । पीडितहरुले सरकारले पुर्नस्थापना गर्नुपर्ने माग गरेका छन् । यसैवीच, नुवाकोटको बिदुर नगरपालिका २ ले उक्त वडाका मृतक स्थायी बासिन्दा प्रति व्यक्ति किरिया खर्च ५० हजार तत्काल दिने निर्णय गरेको छ ।

वडाध्यक्ष दीपक कायस्थको अध्यक्षतामा सोमवार वसेको पूर्ण वैठकले मृतक अस्थायी वडाबासीलाई १० हजार प्रति व्यक्ति किरिया खर्च वडास्तरको वजेटमार्फत दिने निर्णय गरिएको छ । बाढीबाट मृत्यु भएका, वेपत्ता भएका व्यक्तिको किरिया गरिरहेका परिवारलाई विदुर नपा २ वडाबाट स्थायीवासीलाई प्रति व्यक्तिलाई ५० हजार र अस्थायीबासी प्रति व्यक्तिलाई १० हजार रुपैया किरिया खर्च दिने निर्णय लिने गरिएको वडाध्यक्ष कायस्थले वताए ।












































