बिदुर नपाको सहयोगमा शव वाहन सुविधा
– स्वंसेवककोसमेत व्यवस्था
बिदुर– नुवाकोटको बिदुर नगरपालिकाले त्रिशूली अस्पतालमार्फत निःशुल्क शव वाहन सेवा सन्चालन गरेको छ । बिदुर नपाको पहलमा सो अस्पतालमार्फत निःशुल्क शव वाहन र स्वंसेवक सेवा सन्चालन गरेको हो ।

विदुर नपा र त्रिशूली अस्पताल बीचको समन्वय र सम्झौता अनुसार नगरवासी तथा बिरामीहरूका लागि विभिन्न सेवाहरू सन्चालन गरेको छ । सो अन्र्तगत बिदुर नगरपालिका भित्र निःशुल्क शववाहनको व्यवस्थाका साथै त्रिशूली अस्पतालमा आउने सम्पूर्ण बिरामीहरूको लागि स्वयंसेवकको व्यवस्था गरिएको मेयर राजन श्रेष्ठले वताए ।

यसबाट विदुर नगरवासीलाई सहजता, सुलभता तथा स्वास्थ्य पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको मेयर श्रेष्ठको भनाई छ । विदुर नपामार्फ त्रिशूली अस्पतालमा हाल एक थान शव वाहन र चार जना स्वसेंवक परिचालन गरिएका छन् ।














































