सवै स्थानीय तहमा निर्वाचन अन्र्तक्रिया
बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा निकायले नुवाकोटका सम्पुर्ण स्थानीय तहसंग अन्र्तक्रिया गरेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र अवस्थाको सम्वन्धमा स्थानीय तहसंग सुरक्षा निकायका पदाधिकारीहरु सहितको अन्र्तक्रिया सम्पन्न्न गरिएको हो । यहि फागुन २१ गते विहीवारको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी नुवाकोटका बिदुर र बेलकोटगढी नपासहित १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख तथा वडाध्यक्षलगायत अन्य जनप्रतिनिधिसंग सुरक्षा निकायका पदाधिकारीहरु सहितको वृहत अन्र्तक्रियासहितको कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएका छ ।

उक्त कार्यक्रम विदुर नपा, वेलकोटगढी नपा, शिवपुरी गापा, सुर्यगढी, म्यागङ, किस्पाङ, पन्चकन्या, तादी, दुप्चेश्वर, लिखु, ककनी र तारकेश्वर गापामा गरिसकिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उक्त कार्यक्रम शुक्रवार तारकेश्वर गापामा गरेसंगै सवै स्थानीय तहमा गरिसकिएको प्रजिअ रेग्मीले वताए । तारकेश्वर गापाको कार्यालय दाङसिङमा शुक्रवार आयोजित उक्त कार्यक्रममा गापा अध्यक्ष शिव अधिकारी अविरलले निर्वाचन आचारसंहिताको पूर्ण रूपमा परिपालना गर्न/गराउन र निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त राख्न उपलब्ध सबै स्रोत, साधन र ऐन, कानूनको प्रयोग गरी आफ्नो गापाले यथोचित निगरानी र कामकारबाही सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष अधिकारीले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सभ्य, निष्पक्ष ढंगले सम्पन्न गर्न सबै पक्षले संयम र समन्वयकारी भूमिका निर्वाह गरी आफ्नो तवरबाट सहयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष अधिकारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गापाभित्रका कोही पनि कर्मचारी बिदामा नबस्न र यसअघि नै बिदा स्वीकृत गरी बसेका कर्मचारीको हकमा समेत तत्कालै विदा रद्ध गरी आइतबारदेखि अनिवार्य रुपमा कार्यालयमा हाजिर गराउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिँदै नियमित कार्यसम्पादनका साथै निर्वाचन सम्बन्धि दायित्वमा दत्तचित्त भएर लागिपर्न कर्मचारीलाई निर्देशन दिए ।

उपाध्यक्ष हरिप्रसाद रिमालले आसन्न निर्वाचनमा स्वच्छ, सभ्य, मर्यादित र निष्पक्ष वनाउन सवै पक्ष क्रियाशील रहेको र तारकेश्वर गापाले आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा आगामी निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागी पूर्ण रुपमा सहयोग, समन्वय र सहकार्य गर्नेलगायतका निर्णयहरु गरिएका छन् । कार्यक्रममा उक्त गापाका विभिन्न जनप्रतिनिधि, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक विपीन रेग्मी, सशस्त्र प्रहरी बललगायत अन्य सुरक्षा निकायका प्रतिनिधिसहित विभिन्न वडाध्यक्षहरुसहित सरोकारवालाहरुले निर्वाचनलाई सम्पन्न गर्ने दायित्व स्थानीय तह तथा जनप्रतिनिधिहरुको भएको वताए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा निर्वाचन सुरक्षा तथा आचारसंहिता पालना सम्बन्धि स्थानीय तहहरुसंगको वृहत अन्र्तक्रियामा यहि फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, सुरक्षित र मर्यादित बनाउन आवश्यक तयारी तथा सुरक्षाको अवस्थाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न वडाध्यक्षहरू, राजनीतिक दलका प्रमुख तथां प्रतिनिधिहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनको अवस्थाबारे समिक्षा गर्दै सरोकारवाला पक्षबाट पूर्ण रूपमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाइएको छ ।












































