रास्वपाका दुई नेताले दल त्यागे
बिदुर – आसन्न निर्वाचनको पुर्वसन्ध्यामा नुवाकोटमा रास्वपाका दुई जिल्लास्तरिय नेताले दल त्यागेका छन । सो दल स्थापना भएदेखि नै क्रियाशील महाधिवेसन प्रतिनिधिसहित दुई जनाले शनिवार सो दल त्यागेको जनाएका छन् । रास्वपाकी महाधिवेसन प्रतिनिधि कमला रावलपाण्डे र बिदुर नगर इन्चार्ज, युवा नेता तथा जिल्ला सदस्य अशोककुमार थापाले आफुहरु रास्वपामा नरेहेको जनाउंदै राजीनामा दिएका छन् ।
उनीहरुले सामाजिक सञ्जालमार्फत् पार्टी छाडेको जानकारी दिएका हुन् । उनीहरुले रास्वपाबाट देशको निकास नहुने ठहर गर्दै राजीनामा दिएको वताएका छन् । थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी विचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्वाबाट चयन हुन थालेकाले पार्टी परित्याग गरियो ।’ उनले फेसबुकमा लेखेका छन् ।

सक्रिय नेता तथा कार्यकर्तालाई पाखा लगाउँदै पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेकाले रास्वपा छाडिएको बताए । दल स्थापनादेखि नै लागेका थापा रास्वपा नुवाकोट समितिका जिल्ला सदस्य र विदुुर नगर इञ्चार्ज हुन । रास्वपा नुवाकोटकी केन्द्रीय महाधिवेशन प्रतिनिधि कमला रावलपाण्डेले पनि शनिवारै राजीनामा दिएकी हुन् । नुवाकोट २ तीन वर्ष अगाडि अर्थात २०८९ सालको निर्वाचनमा सो दलबाट उम्मेदवार रहेका सुमनविक्रम पाण्डे निकट मानिएका उनीहरुको राजीनामालाई चुनावको पूर्वसन्ध्यामा अर्थपूर्ण मानिएको छ ।
पाण्डेसमेत सक्रियता, महेनत र यामेगदानको कदर नभएको गुनासो गर्दै आएका छन् । रास्वपा बिचार र सिद्धान्तबाट विमुख हुँदै गईरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको थापा र रावलपाण्डेले बताएका छन् ।

दलको संगठन निर्माणमा क्रियाशिलहरुलाई पाखा लगाउन एउटा तत्का क्रियाशिल रहेको र पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेको अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको उनीहरुले वताएका छन् । एकपछि अर्को राजीनामा आउनु नुवाकोटमा असहमतिको रुपमा रहेको जनाइएको छ ।











































