निर्वाचनमा पत्रकारिताको जिम्मेवारी झनै बलियोः महानिर्देशक पराजुली

– पत्रकारिता मजवुत वनाउन नयां ऐनको तयारी
लोकखवर विशेष संवाददाता
२०८२ फाल्गुन ९, शनिबार २३:५८

बिदुर – देशमा निर्वाचनका समयमा पत्रकारिताको जिम्मेवारी झनै बलियो हुनु पर्नेे सूचना तथा प्रशारण विभागका महानिर्देशक छविन्द्र पराजुरीले वताए । जिम्मेवार पत्रकारितावाटै देशमा परिवर्तनका मार्गहरु अगाडि वढेकोसमेत वताउंदै उनले समाजको ऐना पत्रकारिता क्षेत्रले आचारसंहिता र कानून अनुसार विषयवस्तु प्रस्तुत गरिरहेकोसमेत वताए ।

नुवाकोटको विदुरमा शनिवार आयोजित पत्रकार र निर्वाचनसंग सम्वन्धित कार्यक्रममा महानिर्देशक पराजुलीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष, प्रभावकारी, भयरहित र शान्तपुर्ण गर्नु पर्ने सवैको दायित्व रहेको उल्लेख गर्दै यसका लागि पत्रकारिताको विशेष सहयोग भइरहेकोसमेत बताए । देशमा सम्वृद्धिका लागि जनप्रतिनिधि चुन्नका लागि प्रतिनिधि सभाको निर्वाचन तय भएको र यसका लागि सरकारका सवै संयन्त्र क्रियशाील रहेको पनि पराजुलीको भनाई छ ।

महानिर्देशक  पराजुरीले नेपालको पत्रकारितालाई प्रभावकारी वनाउन विभाग र प्रेस काउन्सिल सदैव क्रियाशील रहेकोसमेत वताए । उनले नेपालको पत्रकारितालाई गुणस्तरिय, जिम्मेवारी र प्रभावकारी वनाउन विशेष ऐनको विषयमा छलफल भइरहेकोसमेत बताए ।

उनले विदेशमा पत्रकारिताको पेशा अंगाल्नेहरुको वढोत्तरी भइरहेको समयमा नेपालमा भने घटिरहेकोमा विभागले यसलाई विशेष रुपमा हेरिरहेको पनि वताए । पत्रकारितालाई विस्वसनियता वनाई एउटा आकर्षक पेशा वनाउनका लागि सूचना तथा प्रशारण विभाग र प्रेस काउसन्सलले विशेष योजना वनाइरहेकोसमेत प्रेस काउन्सिलका सदस्य सचिवसमेत रहेका महानिर्देशक पराजुलीले वताए ।

पत्रकारिता सम्वन्धि नयां ऐन आएपछि नेपालको पत्रकारिताको गुणस्तरियता वृद्धि भई यस पेशामा क्रियाशील हुनेहरुको जिम्मेवारी र कार्य प्रस्तुतीमसमेत वढोत्तरी आउने पराजुलीको भनाई छ । उनले परिवर्तनको मार्ग पहिल्याउने पत्रकारिताको स्तर वृद्धि, क्षमताको प्रवद्र्धन र पेशागत सुरक्षाका लागि विभाग सदैव सचेत रहेकोसमेत वताए ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्त वातावरणमा सम्पन्न गरिने वताए । जनताको मतको कदरका लागि गरिने निर्वाचनलाई सम्पन्न गर्न पत्रकारिता क्षेत्रकोसमेत निकै महत्वपुर्ण सहयोग आवस्यक रहेको उनले वताए ।
सोही कार्यक्रममा जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ कृष्णप्रसाद हुमागाइले जिम्मेवार पत्रकारिताले आचारसंहिता अनुसार समाचार संश्प्रेशण गर्नुपर्ने उल्लेख गर्दै नुवाकोटमा पत्रकारिता क्षेत्रले आचारसंहिताको अनुगमन गरिरहेको वताए । कार्यक्रममा नुवाकोटका विभिन्न सन्चारमाध्यमका प्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायले जनताको मतको संरक्षणका लागि सवैले आआफ्नो क्षेत्रबाट निर्वाचनका लागि विशेष योगदान दिनुपर्नेमा जोड दिए ।


सर्वाधिक रुचाइएको