निर्वाचन सुरक्षा सम्वन्धि अभ्यास
बिदुर– नुवाकोटको मतदान स्थल नजिकै निर्वाचन सुरक्षा सम्बन्धि संयुक्त अभ्यास गरिएको छ । सुरक्षा निकायहरुसँगको समन्वय तथा सहकार्यमा उक्त अभ्यास गरिएको हो । निर्वाचनका लागि खटिएका सुरक्षा निकायद्वारा निर्वाचन सुरक्षा सम्बन्धि संयुक्त अभ्यास गरिएको हो ।
यहि फागुन २१ गते विहीवार तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन सन्चालित उक्त अभ्यासमा निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात आइपर्न सक्ने सुरक्षा सम्बन्धि विभिन्न परिस्थितिहरूमा सुरक्षा फौजले सन्चालन गर्नुपर्ने भूमिकाहरू समावेश गरिएको छ । उक्त अभ्यासले शान्ति सुव्यवस्था कायम गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्ने, निर्वाचनको समयमा शान्ति सुव्यवस्था प्रदान गर्ने, निर्वाचनमा खलल पु¥याउने गतिविधिहरूलाई निरुत्साहित गर्ने र सुरक्षा निकायहरूबीच उचित समन्वयात्मक आदानप्रदान कार्यमार्फत उपयुक्त सुरक्षा रणनीति तयार गर्न थप सहज हुने सुरक्षा निकायले जनाएको छ ।

नुवाकोटमा निर्वाचनमा एकहजार सेना परिचालन गरिएका छन् । गत माघ २१ गतेदेखि शेर गणबाट सैनिक निर्वाचनमा परिचालन भई नुवाकोटका ४ रणनीतिक स्थानहरूमा वेस स्थापना गरिएको शेर गणले जनाएको छ । यहि फागुन ६ गतेदेखि थप २४ स्थानहरूमा पुगेर जनमानसमा सुरक्षाको प्रत्याभूति दिलाउन विभिन्न कार्यहरू सञ्चालन भइरहेको सेनाले जनाएको छ ।
जिल्लाभर तैनाथ अन्य सुरक्षा निकायहरुसँगको समन्वय तथा सहकार्यमा मतदाता स्थल नजिक निर्वाचन सुरक्षा सम्बन्धि संयुक्त अभ्यास सञ्चालन गरिएको हो ।निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायहरूले तिव्र तयारी गरिरहेका छन् । यस क्रममा नुवाकोट जिल्लामा नेपाली सेनाको शेर गणको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र निर्वाचन प्रहरीहरूसँगको समन्वयमा मतदानस्थल नजिकै संयुक्त सुरक्षा अभ्यास सञ्चालन गरिएको शेर गणका गणपति आविष्कार ढुंगानाले जानकारी दिए ।

उनका अनुसार सेनाको गणले त्यसपछि फागुन ६ गतेदेखि थप २४ स्थानहरूमा ‘पोस्ट अपरेटिङ बेस’ स्थापना गरी जनतामा सुरक्षा प्रत्याभूति दिलाउन विभिन्न कार्यहरु सञ्चालन गरिरहेको छ । संयुक्त अभ्यासमा निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपछि आउन सक्ने विभिन्न सुरक्षा चुनौतीहरूको सामना गर्न सुरक्षा फौजले निर्वाह गर्ने भूमिका तथा रणनीतिहरू अभ्यास गरिएको हो । यस्ता अभ्यासहरूले शान्ति सुव्यवस्था कायम राख्न, शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न तथा गलत गतिविधि गर्ने कार्यलाई निरुत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।
उक्त अभ्यासले सुरक्षा निकायहरूबीच वास्तविक समयमा सूचना आदानप्रदानलाई सहज बनाई उपयुक्त सुरक्षा रणनीति तयार पार्न र तत्काल परिचालन हुन मद्दत पुग्ने सेनाले जनाएको छ । सो अभ्यासहरूले निर्वाचनलाई सुरक्षित बनाउन सुरक्षा निकायहरूको तत्परता र समन्वयलाई झल्काउनुका साथै निर्वाचन नजिकिँदै गर्दा यस प्रकारका गतिविधिले मतदातालाई भयरहित रूपमा मतदान गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।













































