समानुपातिकतर्फ पनि रास्वपा अगाडि
बिदुर – यहि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यतर्फको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना नुवाकोट २ मा सकिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सो क्षेत्रमा प्रत्यक्षमा विजयी रास्वपाले नै सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ सो क्षेत्रमा कुल ७१ हजार २९ मत खसेको ६८ हजार चारसय ७४ मत सदर भएको थियो । दुईहजार पांचसय ५५ मत बदर भएको छ । रास्वपाले ३२ हजार ६ सय ८६ मत ल्याएर पहिलो भएको छ । सो क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका डा. अचुतम लामिछाने ३२ हजार ५४ मत ल्याएर विजयी भएका थिए ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १४ हजार पांचसय ७७ मत पाएको छ । सो क्षेत्रमा नेकपा एमालेले सात हजार आठ सय ८५ मत प्राप्त गरेको छ । नेकपाले पांचहजार नौ सय ४३, राप्रपाले एकहजार पांचसय ५९ मत पाएको छ ।
राष्ट्रिय परिवर्तन पार्टीले तीनहजार ८१ मत, श्रम संस्कृति पार्टीले ६ सय मत पाएको छ । सो क्षेत्रमा प्रत्यक्ष भन्दा समानुपातिकतर्फ धेरै मत खसेको थियो । नुवाकोट २ मा एकलाख २५ हजार पांचसय ७६ मतदाता रहेका छन् ।













































