४२ सय वढि विद्यार्थीले एसइई दिने

– परिक्षा केन्द्र निर्धारण
लोकखबर
२०८२ फाल्गुन २७, बुधबार २३:१२

बिदुर – विद्यार्थीहरुको महत्वपुर्ण परिक्षाको रुपमा रहेको माद्यामिक शिक्षा परिक्षा एसइई परिक्षाको नुवाकोटको तयारी सुरु भएको छ । केन्द्र तोकिनेदेखि अन्य तयारी सुरु गरिएको छ । आगामी चैत्र १९ देखि २९ गतेसम्म सन्चालन हुने एसइई परिक्षा २०८२ का लागि नुवाकोटमा विभिन्न १९ वटा केन्द्र तय गरिएका छन् ।

विभिन्न विद्यालयवाट चारहजार दुईसय २५ जना विद्यार्थी सो परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ । जसमध्ये तीनहजार एकसय ७२ जना नियमति, दुईसय २६ जना प्राविधिक र आठसय २७ जना ग्रेडवृद्धि परिक्षामा सहभागी हुने कार्यालय प्रमुख रामचन्द्र इटनीको भनाई छ । उनका अनुसार गत वर्ष भने एसइई परिक्षाको लागि २१ वटा केन्द्र तय गरिएकोमा यस वर्ष दुई वटा केन्द्र घटेको हो ।

एसइई परिक्षाको लागि प्रत्येक केन्द्रमा दुई सय भन्दा वढि विद्यार्थीलाई समावेश गरिएको छ । कायम गरिएका केन्द्रहरुमा चण्डेश्वरी मावि तुप्चे, त्रिभुवन त्रिशूली मावि त्रिशूली, रणभुवनेश्वरी मावि देवीघाट, महादेव मावि रातमाटे, भवानी मावि रानीपौवा, अर्किड एकेडेमी वट्टार, भैरुम मावि हात्तिगौडा, च्वाडी पव्लिक मावि माझिटार, नवजीवन मावि ककनी र क्षेत्रपाल मावि चौघडा रहेका छन् ।

केन्द्र कायम गरिएका अन्य विद्यालयहरुमा अमरज्योती मावि खरानीटार, वागेश्वरी मावि चोकदे, जनज्ञान निकेतन मावि थानापति, कामरुदेवी मावि दुइपीपल, सुन्दरा मासव सातविसे, रुक्मिणी मावि समुन्द्रटार, कुण्डला मावि भद्रुटार, सुभेनियर वोर्डिङ स्कुल वट्टार र पृथ्वी मावि विदुर रहेका छन् । गत सालका एसइई परिक्षामा नुवाकोटमा २ज्ञ केन्द्रवाट तीनहजार ६ सय ७० जना परिक्षार्थी सहभागी भई ५८ दशमलव ८२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।


सर्वाधिक रुचाइएको