अशक्त विरामीलाई सहायक सामग्री

– मेयर श्रेष्ठले गरे हस्तान्तरण
लोकखबर
२०८२ फाल्गुन २९, शुक्रबार ००:१७

बिदुर– नुवाकोटको विदुर नगरपालिकाले एक जना अशक्त घाइते विरामीलाई सहायक सामग्री प्रदान गरेको छ । विदुर नपा १ का लिटेस श्रेष्ठ मोटरसाइकल दुर्घटनामा परी घाइते भएकोमो उनको सहजताका लागि विहीवार उनका लागि एक थान कम्मोड चियर हस्तान्तरण गरिएको हो ।

दुघृटनामा श्रेष्ठको कांधको हड्डी भाँचिई असक्त भई हाल दैनिक जीवनयापनमा कठिनाई उत्पन्न भएको हुँदा दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले विदुर नपाका तर्फवाट मेयर राजन श्रेष्ठले उनलाई एक थान कम्मोड चियर हस्तान्तरण गरेका हुन् । उक्त सहयोगले दुर्घटनाबाट प्रभावित घाइतेको स्वास्थ्य सहजता र पुनःस्थापनामा सहयोग पु¥याउनुका साथै दैनिक क्रियाकलापलाई सहज बनाउने विश्वास गरिएको मेयर श्रेष्ठल् वताए ।

कम्मोड चियर हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलवहादुर तामाङ, विदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे, विदुर १३ का वडाध्यक्ष भरतवहादुर तामाङलगायतको उपस्थिती रहेको थियो । यसवाट घाइते श्रेष्ठलाई दैनिक जीवनयापनमा सहजता हुने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको