विद्यालयलाई विज्ञान सामग्री

– गाउंका विद्यार्थीलाई सुविधा
लोकखबर
२०८२ फाल्गुन २९, शुक्रबार ००:३५

बिदुर– ग्रामीण भेगका विद्यार्थीहरुलाई आधुनिक तथा प्रविधियुक्त शिक्षामा जोड दिदै नुवाकोटको तारकेश्वरको एक विद्यालयलाई विज्ञान सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै उतसाहित भएका छन् ।

तारकेश्वर गाउंपालिकाले शैक्षिक विकास कार्यक्रमअन्र्तगत सरस्वती आधारभुत विद्यालयलाई लाखौं रूपैयाँको विभिन्न थान विज्ञान प्रयोगशाला सामग्री प्रदान गरेको छ । तारकेश्वर गापा ४ नेवारपानी स्थित उक्त विद्यालयमा विभिन्न विज्ञान सामग्रीहरुको हस्तान्तरसंगै गापा अध्यक्ष  शिव अधिकारी अविरलले विज्ञान प्रयोगशालाको उद्घाटन गरे ।

उनले तीनलाख ५० हजार रुपैयाँ वरावरको विज्ञान प्रयोगशालाका विभिन्न सामग्रीहरू माइक्रोस्कोप, पर्मानेन्ट स्लाइड्स, बायोलोजिकल स्पेसिमेन्स, केमिकल्स, स्केलेटन्स, चाट्र्सलगायत हस्तान्तरण गरे । अध्यक्ष अधिकारीले आधुनिक र प्रविधियुक्त शिक्षा अवको आवस्यकता रहेको वताउंदै पहिलेको शिक्षामा भर नपरी अव समय सापेक्ष विज्ञान र प्रविधिलाई आत्मसात् गर्दै प्रयोगात्मक र प्रविधिमैत्री शिक्षालाई बढावा दिनुपर्ने बताए ।

आधुनिक र प्रविधियुक्त शिक्षाका लागि विद्यालय र विद्यार्थीहरूको प्राविधिक क्षमता अभिवृद्धिका लागि तारकेश्वर गापाको तर्फबाट उक्त सहयोग उपलब्ध गराइएको अध्यक्ष अधिकारीले वताए । यसवाट विद्यार्थीहरुमा आधुनिक र प्रविधियुक्त शिक्षामा आकर्षण वढेको विद्यालयले जनाएको छ ।

यसअघि, सो विद्यालयमा आइसिटी प्रयोगशाला स्थापना गरी ६ लाख ५० हजार रुपैयाँ वरावरको आइसिटी प्रविधि हस्तान्तरण गरिसकिएको छ । तारकेश्वर नुवाकोटको पर्यटकिय गापा हो ।


सर्वाधिक रुचाइएको